२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने छ जना पक्राउ

२०७६, ९ भाद्र सोमबार १५:४६

भदौ ९, काठमाडौँ (रासस) । आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागार्इं र काभ्रेकै अर्जुन कार्कीलाई विभिन्न मितिमा पक्राउ गरि आज सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रवक्ता गोविन्द थपलियाले आकर्षक तलब र अध्ययनको प्रलोभनमा पारेर प्रतिव्यक्ति रु १५ देखि २० लाख ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “काठमाडौँबाट मलेशिया हुँदै इण्डोनेसिया पु¥याइ पीडितको राहदानी, नगद तथा भिसालगायत आवश्यक कागजात नियन्त्रणमा लिएर बन्धक बनाएको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता थपलियाले भन्नुभयो । 

पक्राउ व्यक्तिले पीडितलाई पर्याप्त खाना समेत नदिएर बन्धक बनाइ कुटपीट गरी आर्थिक, शारीरिक तथा मानसिक शोषण गरेको ब्यूरोले जनाएको छ । ब्यूरोको सहयोगमा पीडित व्यक्तिहरुको उद्दार गरिएको थियो । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रवक्ता थपलियाले बताउनुभयो । 

पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान तथा कारबाही गरिने ब्यूरोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन