२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा तुर्किस्तान पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

२०७६, ११ भाद्र बुधबार १२:३१

भदौ ११, काठमाडौँ  । पटक–पटक आकर्षक वैदेशिक रोजगारीमा लगाइदिने भन्दै ठगीका घटना सार्वजनिक भइरहे पनि घटना घट्ने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा ठगी भइरहेकोे छ । 

पछिल्लो समयमा तुर्किस्तान पठाईदिन्छु भनी विभिन्न व्यक्तिबाट रकम ठगी गरेको घटना सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाडौँ जोरपाटी बस्ने रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । 

हर्कबहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका– ६ बस्ने एक व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाइदिने र मासिक एक हजार दुई सय डलर तलब र खान बस्नसमेत दिने प्रलोभन देखाइ नक्कली टिकटसमेत बनाइ रु तीन लाख ठगी गरेको प्रहरीले जनाएको छ । 

उनी अहिले सम्पर्क विहीन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकिछिपी बसिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य चारजना व्यक्तिबाटसमेत जनही रु तीन लाखका दरले रकम लिई ठगी गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन