२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा ढाड भाँचिएको अवस्थामा फेला पर्यो लोपोन्मुख जनावर ‘हाईना’

२०७६, १२ भाद्र बिहीबार ०५:२६

शंकर के सी | भदौ १२,सल्यान | सल्यानमा ढाड भाँचिएर घाइते अवस्थामा फेला परेको लोपोन्मुख जनावर ‘हाईना’ लाई उद्धार गरिएको छ । स्थानीय भाषामा ‘गधै बाघ’ भनेर चिनिने जनावर ‘हाईना’ को उद्धार गरेर डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको जनाएको छ ।

बुधबार जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ भोटेचौरमा घाइते अवस्थामा फेला परेको हाईना अर्थात हुँडारलाइ उद्धार गरेर पठाइएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख थिर बहादुर कार्कीले बताए । स्थानीयले देखेपछि सव डिभिजन वन कार्यालय छत्रेश्वरि तथा प्रहरीलाइ खबर गरेका थिए ।



डिभिजन प्रमुख कार्काीले भने, ‘सव डिभिजन वन कार्यालय छत्रेश्वरिका वन रक्षक तेज बहादुर शाही लगाएतका हाम्रो कर्मचारि साथीहरुले हाइनालाइ उद्धार गर्नुभएको थियो । ढाड भाँचिएर घाइते अवस्थामा जनावर थियो ।’ सडकमा हिडिरहेको बेला कुनै गाडीले ठक्कर दिएर हाईनालाइ घाइते बनाएको हुन सक्ने कार्यालय प्रमुख कार्कीको भनाइ रहेको छ ।

हुँडार भनेर पनि चिनीने हाईना नेपालको संरक्षित र लोपोन्मुख जनावरमा पर्दछ । वन कार्यालयका अनुसार नेपालको दाङ र सल्यानमा पाइने यो जनावर सिमित संख्यामा छ । नेपाल लगाएत अफ्रिका तथा एशियाका जंगलहरुमा हाईना पाइन्छ । तर अन्य देशको भन्दा नेपालको हाइना सुन्दर देखिने डिभिजन वन कार्यालयका प्रमुख कार्कीले बताए । उनका अनुसार नेपालमा हाईना दुई सय भन्दा बढि संख्यामा छैन । मरेको जनावरको सिनो खाने हाइना अर्थात हुँडारले पछिल्ले समय वस्तीमा छिरेर कुखुराको खोर भत्काएर क्खुरा लाइ पनि खाने गरेको स्थानीयहरु बताउँछन् ।

दुई वडा हाईना उपचारकै क्रममा मरे

जिल्लामा यसको चोरि शिकारि हुने गरेको नभए पनि गाउँमा मानिसले विष राखीदिने र विष सेवनका कारण मर्नेगरेको वन कार्यालयले जनाएको छ । डिभिजन प्रमुख कार्कीले भने, ‘जंगल आगलागी, जंगलमा आहाराको अभाव जस्ता कारणले पछिल्लो समय हाइना गाउँ छिरेर कुखुरा खाने गर्नथाल्यो । मानिसहरुले विष राखीदिदा विष सेवका कारण मर्ने सम्भावना हुने गर्दछ ।’ उनका अनुसार यस अघि वन कार्यालयले विष सेवन गरेर घाइते भएका दुई वटा हुँडारलाइ फेला पारेको थियो । र ती दुई हुँडार उपचारको क्रममा मरेको कार्कीले बताए । दाङ तथा सल्यानका जंगलमा विशेष गरेर हुँडार पाइने भएकाले यहि क्षेत्रमा यी लगाएत अन्य जनावरको अनुसन्धान पनि भइरहेको बताइएको छ ।

घोरल मार्ने ९ जनाले मुद्दा खेप्दै

यसैविच जिल्लामा अन्य जनावरको शिकार गरेर खाने गरिएको पनि वन कार्यालयले जनाएको छ । घोरल, कालिज जस्ता जंगली जनावर तथा पशुपंक्षि पासोमा पारेर वा मारेर खानेगरेका घटना पनि बेला बेला आइरहेको कार्यालयले जनाएको हो । 

गत चैत्र महिनामा सल्यानमा घोरल मार्ने ९ जना घोरलको मासु सहित पक्राउ परेका थिए । कार्यालय प्रमुख कार्कीका अनुसार डिभिजन वन कार्यालयले घोरल मार्ने शारदा नगरपालिका १४ ढाँरखानीका ९ जनालाइ पक्राउ गरेर मुद्दा चलाएको थियो । धरौटीमा उनीहरु छुटेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ