२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपनमा ठेकेदारको कुटपिटबाट मजदुरको मृत्यु

२०७६, १८ भाद्र बुधबार ०५:५८

भदौ १८, काठमाडौं । काठमाडौँको कपनमा ठेकेदारको कुटपिटबाट मंगलबार राति एक श्रमिकको ज्यान गएको छ । घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले लेनदेन विवादमा  कुटपिट गरी श्रमिक सञ्जय राईको ज्यान लिएका हुन् ।

प्रहरीका अनुसार मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आइरहेका थिए । कपन प्रहरीले घटनाको पुष्टि गर्दै ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको जनाएको छ ।

प्रहरीले घटनामा संलग्नको आरोपमा ठेकेदार प्रेम राईसहित अजय राई र सागर बस्नेतलाई गएराति नै नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखेर छानबिन भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट ज्यान गुमाएका राईको शव प्रहरीले पोस्टमार्टमा लागि टिचिङ अस्पताल लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो