३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा डुबेर तीन जनाको ज्यान गयो

२१ भाद्र २०७६, शनिबार ११:२१

भदौ २१, घोराही । दाङमा डुबेर आज तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान करीब १०ः३० बजेतिर घोराही उपमहानगरपालिका–७ राजपुरकी एक बालिकाको कुलोमा डुबेर मृत्यु भएको हो ।

एक वर्षीया बालिका खेल्ने क्रममा कुलोमा डुबेको थाहा पाएपछि परिवारले उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको केही समयपछि नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका–८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । सल्यान कपुरकोट गाउँपालिका–५ घर भई तुलसीपुर कटरकुइयामा बङ्गुरपालन गर्दै आएका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई सोही ठाउँमा बस्दै आएका २६ वर्षीय मिलन लामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

करेन्ट लागेर घाइते

आज करीब १०ः३० बजेको समयमा घोराही–१५ भिङ्ग्रेलीचेकमा बस्ने रोशन दाहालको नयाँ घर निर्माणका क्रममा एक कामदार गम्भीर घाइते भएका छन् । घर निर्माण गर्ने क्रममा घरमाथिको सप्लाइ लाइनबाट एक्कासी करेण्ट सर्ट हुँदा घोराही–१८ रझेना बस्ने २५ वर्षीय शिशिर चौधरी घाइते भएका हुन् । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपश्चात थप उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँके सिफारिश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ