२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजुरामा करोडको स्याउ बारीमै थन्किदा किसान चिन्तित

२३ भाद्र २०७६, सोमबार ०५:२७

भदौ २३, बाजुरा । सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ । 

जिल्लामा एक हजार ५० मेट्रिक कटन स्याउ उत्पादन हुने तथ्याङ्क छ । बारीमै रु १५ किलोमा बिक्री गर्दा पनि किसानको हातमा रु पौने दुई करोड पर्नुपर्ने हो, तर किसानले सडक समस्याकै कारण वर्षेनी नोक्सानी बेहोर्न बाध्य छन् । ४३ किलोमिटर मार्तडी कोल्टी सडकका लागि रु ३५ करोड बढी खर्च गरी सकिएको छ । तर पनि हरेक वर्षात्मा बाटो बन्द हुने गरेको छ । 

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यो वर्ष स्याउ उत्पादन बढेको छ । यकिन तथ्याङ्क नआएपनि २० प्रतिशतले उत्पादन बढेको अनुमान केन्द्रले गरेको कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो । स्याउ बारी नजिक उचित बजार नहुनु र मार्तडी कोल्टी सडक बन्द हुनु किसानका लागि अभिसाप बनेको छ ।

बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर पनि रु डेढ करोडको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको २३० हेक्टरमा स्याउखेती गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य