२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कार मुद्दाका फरार अभियुक्त अठार वर्षपछि पक्राउ

२०७६, २४ भाद्र मंगलवार ०२:३६

भदौ २४, काठमाडौँ  । जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सोमबार पक्राउ परेका छन् । जुम्ला घर भई काठमाडौँको बसुन्धरा बस्दै आएका ३९ वर्षीय मनोज खत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

जबर्जस्तीकरणी गरेको आरोप लागेका खत्री २०७४ सालमा बानेश्वरबाट फरार भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको थापाले बताउनुभयो । 

अठार वर्षपछि पक्राउ 

नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०५७ मा तत्कालीन काठमाडौँ महानगरपालिका–३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्यामा संलग्न सिन्धुपाल्चोकका ३८ वर्षीय भीमसेन भण्डारीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले महादेवस्थानमा निर्माणाधीन घरको सामान कुर्न बसेका राईलाई मादक पदार्थ सेवन गरी विवाद हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या गरी फरार रहेका भण्डारीलाई १८ वर्षपछि पक्राउ गरिएको जानकारी दिनुभयो । 

“बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाउँमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका भण्डारी भक्तपुरका विभिन्न क्षेत्रमा अस्थायी सहचालकका रुपमा काम गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन