२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा बैतडीका एक युवकको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:२३

भदौ २९, बैतडी । रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन् । 

काम सकेर डेरामा फर्कने क्रममा जोशी लडेर ट्याङ्कीमा खसेको सुदूरपश्चिमेली नेपाली समाज कर्नाटक राज्यसमितिका संस्थापक अध्यक्ष लिलाधर कपाडीले जानकारी दिनुभयो । मृतक जोशी बैङ्लोरस्थित एक होटेलमा कार्यरत थिए । उनी एक महीनाअघि रोजगारीका लागि भारत गएका थिए । 

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो ।  उक्त कार्यालय, शिवनाथ गाउँपालिका र अमरगढी सामुदायिक वनले रू ५० हजारका दरले रु एक लाख ५० हजार राहत उपलब्ध गराएको प्रजिअ आनन्द पौडेलले जानकारी दिनुभयो । 

वन कार्यालयका तर्फबाट पीडित परिवारलाई  तत्कालका लागि रु ५० हजार राहत दिने र पछि रू १० लाखसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको डिभिजनल वन अधिकृत केशव पराजुलीले बताउनुभयो ।   

यस्तै राहत वितरणका साथै  प्रभावित क्षेत्रका स्थानीय सरकार, पीडित पक्ष र स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरिएको थियो ।  अन्तरक्रियामा स्थानीय नागरिकले चितुवा नियन्त्रण  गर्नुपर्ने वा मार्नका लागि अख्तियारी दिनुपर्ने माग गरेका थिए । प्रभावित क्षेत्रमा बिजुलीबत्ती पु¥याउन तथा तत्काल सोलारको व्यवस्था गर्न पनि माग गरिएको स्थानीयवासी वीरेन्द्र महताले जानकारी दिनुभयो ।

स्थानीयवासीको मागको सम्बोधन गर्दै प्रजिअ पौडेलले गृह मन्त्रालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण विभागका विज्ञ टोली पठाउनका लागि आग्रह गरिएको बताउनुभयो । तल्लोस्वराड क्षेत्रमा चितुवाले फैलाएको आतङ्कका सम्बन्धमा पनि जिल्ला प्रशासनले चासो लिएकोसमेत उहाँले बताउनुभयो । 

यसैबीच डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सामुदायिक वन मिलेर आइतबारदेखि प्रभावित क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको  थियो । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणवाट २०६८ सालदेखि हालसम्म २४ जनाले ज्यान गुमाइसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन