२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी

२०७६, ३१ भाद्र मंगलवार ०१:४१

भदौ ३१, कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् । 

‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने स्क्रब टाइफस रोगका कारण डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन, दार्चुला, बझाङ र कञ्चनपुरमा दुई÷दुई बिरामी देखापरेका निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताउनुभयो । “अधिकांश बिरामी उपचारपछि घर फर्केका छन्”, उहाँले भन्नुभयो, “थोरै मात्र बिरामीको नजिकका अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेका सबैको अवस्था सामान्य रहेको छ ।” 

माइटले टोकेको ठाउँमा घाउ भए, शरीरका विभिन्न भागमा बिमिरा देखिए, अत्यधिक ज्वरो आए, शरीरका विभिन्न भाग दुखेमा स्क्रब टाइफसको सङ्क्रमण भएको हुनसक्ने भएकाले स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने उहाँले बताउनुभयो । “तत्कालै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुन्छ”, उहाँले भन्नुभयो, “समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सोमा थुप्रै प्रकारका सङ्क्रमण गर्ने भएकाले जतिसक्यो चाँडो उपचार गर्नुपर्छ ।” 

स्क्रब टाइफस भएका मानिसमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छोड्ने उहाँले जानकारी दिनुभयो । स्क्रब टाइफसको जीवाणु सार्ने माइट झाडी, खेतबारी, वनजङ्गल, घरवरपरको झाडीलगायतका क्षेत्रमा बस्ने भएकाले यस्ता क्षेत्रमा काम गर्दा पूरै शरीर ढाक्ने कपडा लगाउने, सम्भव भए बुट लगाउने, घासबारी वा चौरमा बस्दा गुद्री ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने तथा बस्ने गर्नुपर्ने स्वास्थ्यकर्मीको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन