२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

कृषि कार्यालयले समयमै वीउविजन उपलब्ध गराउन नसकेको कृषककोे गुनासो

२० फाल्गुन २०७२, बिहीबार ००:०३

१९ फागुन, प्रज्वल पौडेल, रामेछाप ।

 जिल्ला कृषि
विकास कार्यालय रामेछापले समयमा नै माग अनुसारको वीउविजन उपलब्ध गराउन नसकेको कृषकहरुले गुनासो गरेका
छन् । सेवा केन्द्रमा बढि उत्पादन हुने जातको वीउ, वीउ उत्पादन गर्ने कृषकलाई मात्र दिदाँ उन्नत जातको
वीउविजन सबै कृषक सामू पुग्न नसकेको उनीहरुको भनाइ छ । बुधबार कृषि सम्पर्क केन्द्र खिम्तीले प्रवाह
गरेको सेवाको गुणस्तरको विषयमा संचालन गरिएको सामुदायिक अंकपत्र अन्तर्गतको आमने–सामने बैठकमा सहभागि
कृषकले यस्तो बताएका हुन् ।

salgp 5

 सम्पर्क कार्यालयका
कर्मचारी धेरै गाविसमा पुगेर सेवाग्राहीलाई सेवा दिन सम्भव नभएको भन्दै सम्पर्क कार्यलयलाई विस्तार गरी
सेवा केन्द्रमा लैजानुपर्ने स्थानीय बद्री केसीले बताए । कृिष सेवा केन्द्र विस्तार भए कर्मचारीको
दरबन्दी थप हुने र कृषकलाई सहज हुने उनको बुझाइ छ । केसिले भने – “कृषकलाई उन्नत वीउवीजन, विषादी प्रयोग
तथा प्राविधिक ज्ञान दिनु आवश्यकता छ, यसको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्छ । ”

त्यस्तै सम्पर्क कार्यलय खिम्तीमा आउदाँ आफूहरुले परामर्स र माग अनुसारको
विउवीजन पाइरहेको फुलासी गाविसकि कृषक कल्पना गिरीले बताइन् । उनले भनिन् “कार्यलयमा कर्मचारी न्युन छ,
कार्यलयमा नियमित सम्पर्क गर्ने किसान सन्तुष्ट छन् तर टाढाका किसानले भने अझै सोचे अनुसार सेवा
पाउदैनन् ।”

salgp 1

यस्तै कृषि कृषिसम्पर्क केन्द्र खिम्तीका प्रमुख महेन्द्र ओलीले कर्मचारी कम भएकाले फिल्डमा
पुगेर सबै कृषकलाई सेवा प्रदान नभएपनि सम्पर्कमा आउनेलाई सेवा प्रदान गरेको बताए । उनले कार्यालयमा
प्राप्त विउ विजनको प्रकृति हेरि कृषकलाई वितरण गरिरहेको बताए । ओलीले कृषकको माग अनुसारका तालीम दिन,
समयमा नै वीउ विजन प्रदान गर्न र सम्पर्क कार्यालयलाई सेवा केन्द्रमा परिणत गर्न जिल्ला कृषि विकास
कार्यलयमा अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Mahendra 1 

प्राकृतिक स्रोत प्रबद्र्धन समाज मन्थलीको आयोजना तथा स्थानीय सरकारको
जवाफदेहिता अभिवृद्धि परियोजना रामेछापको सहयोगमा संचालन भएको कार्यक्रममा कृषि सम्पर्क केन्द्रबाट सेवा
लिएका खिम्ती, गेलु, फुलासी र तिल्पुङका सेवाग्राही, स्थानीय राजनैतिकदलका प्रतिनिधिहरुको सहभागिता
रहेको थियो ।

सहभागीले भावी
दिनमा सेवाप्रदायक र सेवाग्राहीले सुधारको लागि कार्य योजना बनाएका छन् । उक्त कार्य योजनाहरु निरन्तर
अनुगमनको लागि सेवाग्राही तथा सेवाप्रदायक रहेको गंगा दाहालको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति गठन
गरिएको छ । कार्यक्रममा सामुदायिक अंकपत्र संचालनको उद्देश्य, चरण तथा प्रक्रियाहरुको विषयमा साल्ज
परियोजना रामेछापका जिल्ला संयोजक उमङ्ग मैनालीका जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का