२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“खाडी क्षेत्रको सुरक्षा हामी गर्छौं,” इरान

२०७६, ५ आश्विन आईतवार ०८:१९

असोज ५, तेहरान । (रासस-एपी) । इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइतबार बताउनुभएको छ । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उहाँले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक प्रभाव बढ्दै गएकामा आलोचना गर्नुभयो ।

संयुक्तराज्य अमेरिकाले आफ्ना गठबन्धन अरब राष्ट्रहरुको सहयोगका लागि भन्दै खाडी क्षेत्रमा आधुनिक उपकरण सहित थप सैनिक तैनाथ गर्ने घोषणा गरेसँगै इरानको यस्तो प्रतिक्रिया आएको हो । 

विश्व तेल बजारमै हलचल ल्याउने गरी साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रहरुमा मानवविहीन (ड्रोन) बिमानबाट भएका हमलामा इरानको संलग्नता रहेको अमेरिकी दाबी छ । तर उक्त आक्रमणको जिम्मेवारी यमनमा युद्धरत हुथी विद्रोहीले लिएका छन् ।

इरानले भने अमेरिकी आरोपको खण्डन गर्नुका साथै अमेरिका वा साउदी अरेबियाबाट इरान विरुद्ध कुनै कारबाही भए त्यस विरुद्ध लड्न इरान तयार रहेको बताएको छ ।

राष्ट्रपति रौहानीले खाडी क्षेत्रमा विदेशी सैनिकको उपस्थिति रहँदासम्म विश्वको “ऊर्जा सुरक्षा”मा समस्या आइरहने चेतावनी दिनुभयो ।

उहाँले पर्सियाली जलक्षेत्र र हर्मुज स्ट्रेटमा सुरक्षा सुदृढ गर्ने गरी यस क्षेत्रका अरु मुलुकहरुसँग मित्रता र भातृत्वको सम्बन्ध अझ बलियो बनाउन इरान सदैब तयार रहेको बताउनुभयो । हर्मुज स्ट्रेटको बाटो हुँदै विश्वको कूल कच्चातेल निकासीको झण्डै पाँच भागको एक भाग निकासी हुने गर्दछ ।

संयुक्तराज्य अमेरिकाले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्समा अमेरिकी सैनिकको संख्या र उपकरण बढाउने निर्णय गरिसकेको छ । यो व्यवस्थाबाट पर्सियाली जलक्षेत्र र महत्वपूर्ण तेल व्यापार मार्गमा अमेरिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ जसमा युएई, साउदी अरेबिया, बहराइन, बेलायत र अस्ट्रेलियाको मुख्य गठबन्धन बनेको छ ।

तेहरानमा आयोजित सैनिक परेड इराकसँगको आठ वर्षे युद्धको ३९औं वर्षगाँठ पनि हो । यो युद्ध इराकी नेता सद्दाम हुसेनले सन् १९८० मा इरानमा आक्रमण गरेपछि शुरु भएको थियो ।

यसै किसिमका सैनिक परेडहरु देशका अरु शहरमा पनि आयोजना भएका छन् । परेडहरुमा इरानी सैनिक डुङ्गाहरु, प्रतिरक्षा तथा अरु सैनिक उपकरणहरु प्रदर्शन गरिएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै अरब क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो । अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रहरुमा इरानले ड्रोन मार्फत आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको छ । इरानमाथि तत्कालै सैन्य कारबाही गर्ने योजना नभए पनि अर्को मुलुक विरुद्ध यो सबैभन्दा ठूलो कारबाही हो । 

अमेरिकी अर्थ विभागले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा गरिएको आक्रमणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै सख्त प्रतिबन्धको घोषणा गरिएको जनाएको छ । साउदी तेल उद्योगमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको थियो ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्यहरु अमेरिका र यसका गठबन्धन विरुद्ध केन्द्रित भएको बताउनुभयो । उहाँले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी दिनुभयो ।

रक्षामन्त्री एस्परले अमेरिकी सेना आक्रामक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि उनीहरु हाल मुख्य रुपमा हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताउनुभयो ।

तर अमेरिकी संयुक्त सैन्य प्रमुख जो डन्फोर्डले खाडी क्षेत्रमा पठाइने सैनिक संख्या एक हजारको हाराहारीमा मात्र रहने स्पष्ट गर्नुभयो । कतिपयले राष्ट्रपति ट्रम्पले इरान विरुद्ध युद्ध नै शुरु गर्ने अनुमान गरेपनि अमेरिकी नीति एकाएक फेरिएको थियो ।

गत जुनमा इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि तत्काल इरान विरुद्ध कारबाही गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पनि अन्तिम क्षणमा उक्त आदेश फिर्ता लिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन