2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

आरुघाट र खहरे क्षेत्रको तत्काल मुआब्जा निर्धारण गर्न माग

 असोज ६, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको  बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट र खहरे क्षेत्रको मुअब्जा निर्धारण गर्न माग गरेको छ । 

पार्टी कार्यालय पाटेचौरमा आइतबार बसेको जिल्ला पार्टी सचिवालय बैठकले मुअब्जा निर्धारण गर्न बाँकी रहेका क्षेत्रको तत्काल मुअब्जा तोक्न माग गरेको पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो । “डुबानमा पर्ने गोरखा र धादिङतर्फका बजार क्षेत्रको अझै मुअब्जा निर्धारण हुन सकेको छैन”, अध्यक्ष थापाले भन्नुभयो, “पार्टी सचिवालयको बैठकले नै छिटो मुअब्जा निर्धारणका लागि सरकारसँग माग गरेका छौँ ।” बैठकले लगत सङ्कलनको काम सकेको क्षेत्रमा घरगोठको बिरुवाको मुअब्जा निर्धारण गरी तत्काल वितरणको काम अघि बढाउन सरकारसँग आग्रह गरेको उहाँले बताउनुभयो ।

आरुघाट खहरे क्षेत्रको मुअब्जा निर्धारण हुन नसक्दा प्रभावित क्षेत्रका जनताको असन्तुष्टि बढ्दै गएको भन्दै उहाँले छिटोभन्दा छिटो उचित मुअब्जा निर्धारण हुनुपर्नेमा पार्टीको जोड रहेको बताउनुभयो । “त्यस क्षेत्रको अहिलको चलनचल्तीको मूल्य र सरकारी ऐन कानूनलाई टेकेर मुअब्जा निर्धारण गर्नु उचित हुन्छ”, उहाँले भन्नुभयो, “जनतालाई लामो समय अन्यौलमा राख्नु हुँदैन ।”

बैठकले जलस्रोत तथा ऊर्जा मन्त्रालय एवं मुअब्जा निर्धारण समिति आयोजना एकाइलाई मुअब्जा निर्धारण गरी आयोजना निर्माणको कामलाई अघि बढाउन आग्रह गरेको अध्यक्ष थापाको भनाइ छ । 

त्यस्तै बैठकले नेपालीको ठूला चाडपर्व नजिकिएकाले दशैँ, तिहार, छठ तथा इद लगायतका पर्वका अवसरमा यातायात सुविधा पु¥याउन सडक मर्मत तथा सुधार एवं सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल