२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मादक पदार्थले लठ्ठिएका प्रअले कार्यक्रम बिथोल्न खोजेपछि, यसरि परे प्रहरीको फन्दामा

२०७६, ७ आश्विन मंगलवार ०५:०१

मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका  एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न आयोजित कार्यक्रममा  उनी मादक पदार्थ सेवन गरेर आएपछि नगरपालिकाका तर्फबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले बताउनुभयो । “शैक्षिक गुणस्तर सुधारका लागि कार्यसम्पादन करार सम्झौता गर्न नगरपालिकाभित्र सञ्चालित कक्षा १ देखि ५ सम्मका सबै विद्यालयका प्रअलाई झिकाइएको थियो”, उहाँले भन्नुभयो, “घरबाटै मातेर कार्यक्रममा आएका प्रअ राईले कार्यक्रम नै बिथोल्न खोजेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हौँ ।”

दिक्तेलस्थित एक होटलमा आयोजित कार्यक्रमबाटै पक्राउ परेका  राईलाई हिरासतमा राखेर कारवाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । “जिल्ला अस्पताल खोटाङमा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा प्रअ राईले मादक पदार्थ सेवन गरेको देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले हिरासतमा रहेका प्रअ राईलाई थप कारवाहीका लागि आज नगरपालिकाको शिक्षा एकाइमा पठाउने तयारी गरिएको छ ।”

यसअघि गाउँमा रहँदा पनि चौबीसै घण्टा मातेर हिँड्ने प्रअ राईलाई सेवाबाटै हटाउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “विद्यालय समयमा मादक पदार्थ सेवन गरेको प्रमाणित भएमा सेवाबाटै हटाउन सकिने नगरपालिकाको नगर शिक्षा ऐनको धारा २२ (ख)मा उल्लेख छ”, उहाँले भन्नुभयो, “प्रअ राईले मादक पदार्थ सेवन गरेको पुष्टि भएकाले सेवाबाट हटाउने तयारी गरेका हौँ ।”

प्रअ राईका कारण झण्डै एक घण्टापछि शुरु गरिएको कार्यक्रममा नगरपालिका र प्रधानाध्यापकबीच अन्तरक्रियात्मक छलफल तथा प्रतिबद्धतापछि कार्यसम्पादन करार सम्झौता गरिएको छ । नगरप्रमुख रिजालको रोहवरमा नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा र नगरभित्रका ५६ विद्यालयका प्रधानाध्यापकबीच २५ बुँदे कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

विद्यालय विकास प्रस्ताव तयार गरी सोहीअनुसार कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक शैक्षणिक योजना बनाउने र कार्यान्वयन गर्ने, आगामी शैक्षिकसत्रदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नेलगायत सम्झौता भएको छ । सम्झौतापत्रमा प्रत्येक शैक्षिकसत्रको वैशाख १५ गतेभित्र विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय उमेर समूहका सम्पूर्ण विद्यार्थीलाई विद्यालय भर्ना गराउने तथा १६ गतेदेखि अनिवार्य पठनपाठन शुरु गर्ने उल्लेख गरिएको छ ।

पाठ्यक्रम र शिक्षक निर्देशिकालाई सबै शिक्षकले अनिवार्यरूपमा प्रयोग गर्ने÷गराउने, प्रत्येक विषयका शिक्षकले पाठ्यवस्तुअनुसार सामग्री प्रयोग गरेर मात्रै शिक्षण गराउनुपर्नेलगायत शर्त सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्रका सबै विद्यालयका शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षको प्रतिबद्ध रहेको जनाइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागेको नगरपालिकाले यसअघि आधारभूत तहको कक्षा ६ देखि ८ र ९ देखि १२ सम्म सम्झौता गरिसकेको छ । कक्षा १ देखि ५ सम्मका ५६ विद्यालयसँगै नगरभित्र सञ्चालित सबै (९४ वटै) विद्यालयमा कार्यसम्पादन करार सम्झौता सम्पन्न गरेर कार्यान्वयमा ल्याइएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन