२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ती महिला, जसलाई केपी ओलीले यसरी ढाँटे

२०७६, ११ आश्विन शनिबार ०३:४८

असोज ११, काठमाडौं ।‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो। को रहेछन् यी कालीचरण ?  मनमा जिज्ञासा थियो,’ डा. जंग चौहानले विगत सम्झिए .

‘कालीचरण भनेका त झापा आन्दोलनका केपी ओली रहेछन्।’ दर्शकदीर्घाबाट पररर ताली बज्यो। प्रधानमन्त्री केपी ओलीका सहपाठी केआर खम्बूद्वारा लिखित छायाँको लस्कर पुस्तकको बिहीबार लोकार्पण भयो। उक्त कार्यक्रममा ओलीको राजनीतिक संघर्ष र जीवन भोगाइ उल्लेख गरे, डा. चौहानले। ‘एकपटक त केपी ओली कोठामा पुग्दा हन्हनी ज्वरो आएको थियो,’ डा. चौहानले भने, ‘सिटामोल किन्ने पैसा पनि थिएन उहाँसँग।’

कम्युनिस्ट पार्टीको झापा आन्दोलनका क्रममा ओलीसहित नेताका संघर्षका कथा, ओलीले लेखेका त्यतिबेलाका गीत÷कविता र खम्बूले आफ्नो जीवनका भोगाइ किताबमा उल्लेख गरेका छन्। राजनीतितिर उग्र चाहना भए पनि प्रधानमन्त्री ओलीकै सुझावमा अध्ययनतिर लागेका खम्बूले राजनीति गर्न भने छोडेनन्।

खम्बू महेन्द्र मोरङ विराटनगरमा अध्ययन गर्नेबेलाको कोठा ओलीको आश्रयस्थल नै थियो। संघर्षका पुराना दिन सम्झिँदै प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘स्वास्थ्यलाई ध्यान दिन्नथे। यति सारो बाँच्छु भन्ने लागेकै थिएन, म त उहिल्यै मारिन्छु भन्नेमा थिएँ, तर बाँचिरहेको छु।’

सुरक्षाका दृष्टिकोणले भूमिगतकालमा नेताको नाम पनि भूमिगत नै हुन्थ्यो। वास्तविक नाम र जन्मस्थान फरक पार्दा फसादमा परेको एउटा घटना यसरी स्मरण गरे ओलीले। ‘विराटनगर खम्बूको कोठामा बस्दा छेउकै कोठामा एउटा नवविवाहित जोडी थियो। ती महिलाले मेरो नाम सोध्नुभयो।

मैले कालीचरण भनेँ। थर के भन्नुभयो, ‘मैले बस्नेत भनेँ। घर कता सोध्नुभयो, मैले भोजपुर भने। अब भोजपुर कुन गाउँ भनेर उहाँले सोध्नुभयो भने म त फसादमा पर्छु भन्ने सोचिरहेको थिए। उहाँले त्यही सोध्नुभयो। यसो नाम सुनेको गाउँको नाम भनेको त त्यहाँ त उहाँको माइतीघर रहेछ, माइतीको थर पनि बस्नेत नै रहेछ। उहाँले अरू सोध्नुहोला भनेर मैले नै कुरा बंग्याएँ। र भनें हुन त घर भोजपुर हो, तर हाम्रो परिवार आसाममा बस्छ भनेर ढाँट्नु पर्‍यो।’

आफ्नो नियत गलत नभए पनि भूमिगतकालमा जस्ताको तस्तै भन्न नमिलेका कारण आफूले ती महिलालाई ढाँटेको ओलीले बताए। सुरक्षाकै कारण नेताले एउटा ठाउँमा एउटा नाम र अर्को स्थानमा पुग्दा अर्को नाम राख्ने गरेको पनि ओलीले स्मरण गरे। अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन