२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली, गाउँघरमा दशैँको रौनक बढ्दै

११ आश्विन २०७६, शनिबार १३:२४

असोज ११, डोटी | दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ । 

असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दशैँको रौनकसँगै चहलपहल बढेको छ ।

 रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका यहाँका स्थानीय दशैँ मनाउन घर फर्किन थालेपछि अहिले डोटीलगायत यहाँका विभिन्न जिल्लाका गाउँ घरमा निकै चहालपहल तथा रमाइलो छाउन थालेको बडीकेदार गाउँपालिकाका–१ का स्थानीय प्रकाशबहादुरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिले गाउँमा प्राय सुनसान थियो । अहिले दशैँ मनाउन सबै गाउँ फर्किन थालेपछि गाउँमा निकै रमाइलो हुन थालेको छ ।” कामका लागि भारत गएकाहरु गाउँघरमा फर्किन थालेपछि अहिले यहाँका गाउँघरमा व्यापार व्यवसाय पनि फष्टाउन थालेको स्थानियवासी बताउँछन् । अहिले यहाँका जिल्ला सदरमुकामभन्दा पनि गाउँघरका पसलमा बढी व्यापार व्यवसाय हुन थालेको केआईसिंह गाउँपालिका काफलीका स्थानीय व्यापारी जहरसिंह खवारले बताउनुभयो । 

उहाँले भन्नुभयो, “दशैँ, तिहारमा प्रायः पैसा नभएको त कोही हुँदैन तैपनि रोजगारीबाट फर्किएकाले बढी सरसामान किन्ने हुँदा यहाँको व्यापार व्यवसाय एकाएक फष्टाएको छ ।” उता रोजगारीका लागि भारत गएकाहरु घर फर्किदा सीमा नाकाहरुमा दैनिक जसो लुटिने तथा हेपिने गरेको भारतको केराला शहरमा काम गरी फर्किएका डोटीको पूर्वीचौकी गाउँपालिकाका स्थानीय राम विकले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “भारतीय प्रहरीले अनाहकमा दुःख दिन्छन्, पैसा माग्छन, नदिए सामान नै ल्याउन दिदैनन् ।” प्राय जसो दुई/तिन जना सुदूरपश्चिमेली नाकामा दिनहुँ लुटिने गरेको स्थानियबासीहरु बताउँछन् ।

उता सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी तारणीप्रशाद लम्सालले भारतबाट फर्किने नेपालीहरुलाई दुःख नदिन सिमा क्षेत्रमा खटिएका प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । “भारतीय प्रहरीले सीमा क्षेत्रमा भारतबाट फर्किएकाहरुलाई दुःख दिन थालेको छ भन्ने खबर आएपछि हामीले दुःख नदिन खबर गरेका छौँ, उहाँले भन्नुभयो, “सीमा नाकामा कसैले दुःख पाएको भए प्रहरीले खोलेको नागरिक सहायत कक्ष भन्ने छ, त्यहाँ उजुरी गरे हामी सहयोग गर्छौ ।” 

सीमा क्षेत्रमा वर्षेनी सुदूरपश्चिमेलीहरु लुटिदा र हेपिदासमेत सरकारले त्यसको रोकथामका लागि खासै पहल गर्न नसकेको स्थानीयवासीको आरोप छ । सुदूरपश्चिमेलीहरु कैलालीको त्रिनगर तथा कञ्चनपुर जिल्लाको गड्डा चौकी भन्सारमा बढी लुटिने गर्ने गरेका छन् । 

सुदूरपश्चिम प्रदेशका लगभग नौवटै जिल्लाबाट कामका लागि भारत जानेहरु वर्षेनी बढ्दै गए पनि कति जना रोजगारीका लागि जान्छन् त भन्ने यकिन तथ्याङ्क भने कसैसँग छैन । यद्यपि करीब २५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशबाट कामका लागि भारत जानेको सङ्ख्या कम्तिमा पनि छ लाख जति रहेको अनुमान विभिन्न सङ्घसंस्थाहरुले लगाउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला