२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली, गाउँघरमा दशैँको रौनक बढ्दै

२०७६, ११ आश्विन शनिबार १३:२४

असोज ११, डोटी | दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ । 

असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दशैँको रौनकसँगै चहलपहल बढेको छ ।

 रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका यहाँका स्थानीय दशैँ मनाउन घर फर्किन थालेपछि अहिले डोटीलगायत यहाँका विभिन्न जिल्लाका गाउँ घरमा निकै चहालपहल तथा रमाइलो छाउन थालेको बडीकेदार गाउँपालिकाका–१ का स्थानीय प्रकाशबहादुरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिले गाउँमा प्राय सुनसान थियो । अहिले दशैँ मनाउन सबै गाउँ फर्किन थालेपछि गाउँमा निकै रमाइलो हुन थालेको छ ।” कामका लागि भारत गएकाहरु गाउँघरमा फर्किन थालेपछि अहिले यहाँका गाउँघरमा व्यापार व्यवसाय पनि फष्टाउन थालेको स्थानियवासी बताउँछन् । अहिले यहाँका जिल्ला सदरमुकामभन्दा पनि गाउँघरका पसलमा बढी व्यापार व्यवसाय हुन थालेको केआईसिंह गाउँपालिका काफलीका स्थानीय व्यापारी जहरसिंह खवारले बताउनुभयो । 

उहाँले भन्नुभयो, “दशैँ, तिहारमा प्रायः पैसा नभएको त कोही हुँदैन तैपनि रोजगारीबाट फर्किएकाले बढी सरसामान किन्ने हुँदा यहाँको व्यापार व्यवसाय एकाएक फष्टाएको छ ।” उता रोजगारीका लागि भारत गएकाहरु घर फर्किदा सीमा नाकाहरुमा दैनिक जसो लुटिने तथा हेपिने गरेको भारतको केराला शहरमा काम गरी फर्किएका डोटीको पूर्वीचौकी गाउँपालिकाका स्थानीय राम विकले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “भारतीय प्रहरीले अनाहकमा दुःख दिन्छन्, पैसा माग्छन, नदिए सामान नै ल्याउन दिदैनन् ।” प्राय जसो दुई/तिन जना सुदूरपश्चिमेली नाकामा दिनहुँ लुटिने गरेको स्थानियबासीहरु बताउँछन् ।

उता सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी तारणीप्रशाद लम्सालले भारतबाट फर्किने नेपालीहरुलाई दुःख नदिन सिमा क्षेत्रमा खटिएका प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । “भारतीय प्रहरीले सीमा क्षेत्रमा भारतबाट फर्किएकाहरुलाई दुःख दिन थालेको छ भन्ने खबर आएपछि हामीले दुःख नदिन खबर गरेका छौँ, उहाँले भन्नुभयो, “सीमा नाकामा कसैले दुःख पाएको भए प्रहरीले खोलेको नागरिक सहायत कक्ष भन्ने छ, त्यहाँ उजुरी गरे हामी सहयोग गर्छौ ।” 

सीमा क्षेत्रमा वर्षेनी सुदूरपश्चिमेलीहरु लुटिदा र हेपिदासमेत सरकारले त्यसको रोकथामका लागि खासै पहल गर्न नसकेको स्थानीयवासीको आरोप छ । सुदूरपश्चिमेलीहरु कैलालीको त्रिनगर तथा कञ्चनपुर जिल्लाको गड्डा चौकी भन्सारमा बढी लुटिने गर्ने गरेका छन् । 

सुदूरपश्चिम प्रदेशका लगभग नौवटै जिल्लाबाट कामका लागि भारत जानेहरु वर्षेनी बढ्दै गए पनि कति जना रोजगारीका लागि जान्छन् त भन्ने यकिन तथ्याङ्क भने कसैसँग छैन । यद्यपि करीब २५ लाख जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशबाट कामका लागि भारत जानेको सङ्ख्या कम्तिमा पनि छ लाख जति रहेको अनुमान विभिन्न सङ्घसंस्थाहरुले लगाउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने