५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाइनुपर्नेमा जोड

१४ आश्विन २०७६, मंगलवार १०:४९

 असोज १४, काठमाडौँ  । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तत्काल अगाडि बढाइनुपर्नेमा गोरखा जिल्लाका राजनीतिक नेतृत्वले जोड दिएका छन् । 

गोरखा पत्रकार मञ्चले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले गोरखाका साथै मुलुकलाई नै समृद्ध बनाउने सो परियोजना निर्माणमा कुनै पनि विलम्ब गर्न नहुनेमा जोड दिनुभयो । 

कार्यक्रममा समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आयोजना सम्पन्न गर्न स्थानीयको सहयोग र सद्भाव रहँदा पनि निर्माणले गति लिन नसक्नु दुःखद् भएको बताउनुभयो । 

“आयोजनालाई अगाडि बढाउन स्थानीयको अत्यन्त ठूलो सहयोग रहेको छ, स्थानीयले कुनै विरोध नगरी मुआब्जा लिएको घटना कमै पाइन्छ”, उहाँले भन्नुभयो, “दुर्भाग्यवश यति हुँदा पनि निर्माणले गति लिन सकेको छैन ।”

सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हरिराज अधिकारीले बूढीगण्डकी आयोजना निर्माणमा अलमल हुँदा समग्र जिल्लाको विकास नै पछि परेको बताउनुभयो । “यति ठूलो आयोजना अलपत्र छ, बूढीगण्डकी बनेदेखि जिल्लाको विकास धेरै माथि उठ्ने थियो”, उहाँले भन्नुभयो । 

सांसद चूडामणि खड्काले जिल्लाको विकास निर्माणमा सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कमला पन्तले जिल्लाको विकास निर्माणमा पक्षविपक्ष नभनी लाग्नुपर्नेमा जोड दिनुभयो । 

नेकपा नेता लेखनाथ न्यौपाने, पत्रकार खिलबहादुर भण्डारी, रामजी दाहाल, सुशील अर्याललगायतले गोरखाली पत्रकारले जिल्लाको विकास निर्माणका साथै विभिन्न मुद्दामा कलम चलाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ