२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दाः डुबायो विनविनले

२०७६, १६ आश्विन बिहीबार ०३:२७

असोज १६, काठमाडौं । घोराही उपमहानगरपालिका–१३ बडहराकी उमादेवी नेपालीलाई महिनाको एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो। घरव्यवहार र आर्थिक समस्याले थिचिएकी उमाका लागि त्यति पैसा कमाउने अवसर चानचुने थिएन। त्यसका लागि दुई लाख रूपैयाँ तिरेर कम्पनीको सदस्य बन्नुपर्ने भनिएको थियो । दायाँबायाँ विचारै नगरी उनले प्रस्ताव ‘ओके’ गरिदिइन्।

मासिक एक लाख तलबदेखि ठूलो गार्मेन्ट कम्पनीको सेयर सदस्य पनि बनिने र पाँच वर्षपछि पेन्सन हुने प्रलोभनमा उनी फसेकी थिइन्। ‘मासिक एक लाख तलब हुने, भारतको ठूलो गार्मेन्ट कम्पनीको सेयर सदस्य पनि बन्न पाइने भनेका थिए,’ उमाले भनिन्, ‘सदस्य बनेको पाँच वर्षपछि पेन्सन पनि हुने भनेपछि मलाई प्रस्ताव मन पर्यो ।’

विनविन नामक नेटवर्किङ कम्पनीमा सदस्य बन्न प्रस्ताव लिएर आएकी महिलालाई उमाले सदस्यताबापत दुई लाख रूपैयाँ बुझाइन्। लाखौं रकम कमाउने आशा राखेकी उमाले अन्ततः ठगिएको थाहा पाइन्। उमा यतिखेर न्यायका लागि तीन वर्षदेखि जिल्ला प्रहरी कार्यालय धाइरहेकी छन्। उनकै कारण छोरीसमेत फसिन्। सदस्य बनेपछि थप सदस्य बनाउनैपर्ने कम्पनीको नियम रहेपछि उनले पहिलो रोजाइमा आफ्नी छोरीलाई पारिन्।

छोरीका तर्फबाट बुझाएको दुई लाख रकम पनि फस्यो। ‘आफू सदस्य बनेपछि अरूलाई पनि सदस्य बनाउनुपर्छ भने। मैले पहिलो रोजाइमा छोरीलाई पारें,’ उमाले भनिन्, ‘दुईजनाको गरेर चार लाख रूपैयाँ डुब्यो।’ यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु