२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घर फर्कने चटारो : एकै दिन साढे दुई लाख बढी यात्रु बाहिरिँदै

२०७६, १७ आश्विन शुक्रबार ०२:१९

असोज १७, काठमाडौं । दसैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ । एकै दिन साढे २ लाख बढी यात्रु बाहिरिएका छन् । अहिलेसम्म १५ लाखभन्दा बढी यात्रु दसैं मनाउन उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले बुधबार मात्र २ लाख २१ हजार ३ सय ६९ यात्रु बाहिरिएको जानकारी दिए । बिहीबार बुधबारको तुलनामा उपत्यकाबाट बाहिरिने यात्रु अझै वृद्धि भएको उनको भनाइ छ । मंगलबार १ लाख ९९ हजार १ सय २९ यात्रु बाहिरिए भने सोमबार १ लाख ५७ हजार बाहिरिएका थिए ।

एकै दिन लाखौं यात्रुहरू उपत्यका छाडेर बाहिरिरहेका छन् । यातायात व्यवसायीले बस थपेको जनाए पनि कतिपय यात्रुले भने अहिले पनि टिकट नपाइरहेको गुनासो गरेका छन् । प्रवक्ता पौडेलले टिकटको समस्या सामान्य रहे पनि ठूलो मात्रामा नदेखिएको बताए ।

सरकारले दसैंमा २५ लाख मानिस बाहिरिने अनुमान गरेको छ । प्रवक्ता पौडेलले दसैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्रने पनि उति नै रहेकाले त्यो संख्या केही कमी हुन सक्ने बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा  टेनिस रोकाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन