२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा तीन लाख भारुसहित एक युवक पक्राउ

२६ आश्विन २०७६, आईतवार ०७:०६

असोज २६, जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताउनुभयो ।

शनिबार बेलुका अन्दाजी ६ बजेतिर ज७प ३३९५ नंको मोटरसाइकलमा चढी रु तीन लाख भारु बोकेर मटिहानीबाट जलेश्वर जाँदै गरेको अवस्थामा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै खटिएका सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा स्रोत नखुलेको भारुसहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

भारुसहित पक्राउ परेका युवक साह अवैधरूपमा नेपाली–भारुको सटही कारोवार गर्ने गरेको प्रहरीले आशङ्का गरेको छ भने उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

दश जुवाडे पक्राउ

कावासोती– नवलपरासी प्रहरीले जुवाताल खेल्दै गरेका १० जुवाडेलाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिकाबाट जुवातास खेल्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।

गैँडाकोट–१० भैँसाखोरीस्थित राजकुमार सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गैँडाकोटका ४० वर्षीय  इन्द्र राना, २५ वर्षीय  सुजन बराल, २५ वर्षीय देव गुरुङ, ३१ वर्षीय मनोज गुरुङ, ३९ वर्षीय  थिरबहादुर महतो, ४४ वर्षीय सञ्जय अधिकारी, ३४ वर्षीय  भीम रावल, ३१ वर्षीय सुनबहादुर सुनारी, २५ वर्षीय  अनिल सुनार  र ३३ वर्षीय राजकुमार सुनार रहेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । 

जुवाको खालबाट प्रहरीले रु ७१ हजार ५०२ बरामद गरेको छ । पक्राउ परेकाहरु विरुद्ध जुवातासअन्तर्गतको मुद्दा दायर गरी कारवाही गरिने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य