असोज २८, काठमाण्डौ । आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ । मंगलबार सुन तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन सोमबार तोलामा एक सय रुपैयाँ घटेर ७० हजार रुपैयाँमा झरेको थियो । चाँदी पनि मंगलबार तोलामा १५ रुपैयाँले बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!