२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमरान खान साउदी अरेबिया जाने

२०७६, २८ आश्विन मंगलवार ०९:१६

असोज २८, इस्लामाबाद, (रासस/एएनआई) । इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी अरेबिया पुग्नुहुने भएको छ । अरब खाडी क्षेत्रमा उत्पन्न सङ्कटका बारेमा छलफल गर्न प्रधानमन्त्री खान इरान र साउदी अरेबियाको भ्रमणमा हुनुहुन्छ ।

प्रधानमन्त्री खानले इरानी राष्ट्रपति हसन रौहानीसँग सोमबार राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्नुभएको थियो । जियो न्यूजका अनुसार साउदी अरेबिया र इरानबीच उत्पन्न गतिरोधले क्षेत्रमै असर पार्न थालेको भन्दै प्रधानमन्त्री खानले सम्भावित मध्यस्थताका लागि दुबै देशको भ्रमण गर्नुभएको हो ।

इरानी राष्ट्रपति रौहानीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री खानले इरान र साउदी अरेबियाबीच कुनै किसिमको द्वन्द्व नहोस् भन्ने पक्षमा पाकिस्तान रहेको बताउँदै द्वन्द्व समाधानका पक्षमा इरानी राष्ट्रपतिसँग रचनात्मक वार्ता भएकामा आफू निकै आशावादी रहेको बताउनुभयो ।

प्रधानमन्त्री खानले इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीसँग पनि भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री खानका साथ विदेशमन्त्री शाह महमूद कुरेसी र प्रधानमन्त्रीका सल्लाहकार सइद जुल्फिकार अब्बास बुखारी पनि रहनुभएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री खानले साउदी राजकुमार मोहम्मद बिन सल्मानसँग खाडी क्षेत्रमा उत्पन्न गतिरोधका बारेमा छलफल गर्नु हुनेछ । 

गत महिना राष्ट्रसंघको ७४औं महासभामा भाग लिन जानेक्रममा पनि प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गरी राजकुमार सल्मानसँग भेटवार्ता गर्नुभएको थियो ।

साउदी अरेबियाका दुई वटा ठूला तेल प्रशोधन केन्द्रमा गत सेप्टेम्बर १४ मा ड्रोन आक्रमण भएपछि इरान र साउदी अरेबियाबीचको तनाब चुलिएको छ । उक्त आक्रमणको जिम्मेवारी यमनका हुथी विद्रोहीले लिए पनि अमेरिका र साउदी अरेबियाले ड्रोन हमला इरानबाट भएको दाबी गरिरहेका छन् ।

तर इरानले भने उक्त आक्रमण आफूले नगरेको भन्दै अमेरिका र साउदी अरेबियाको दाबीको खण्डन गरिरहेको छ । 

तेल प्रशोधन केन्द्रमा भएका आक्रमणहरुले विश्व बजारमा तेलको मूल्य वृद्धि भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ