2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा पहिलो पटक विद्यापति समारोहको आयोजना हुने

मङ्सिर १९, सुनसरी | सुनसरी सदरमुकाम इनरुवामा पहिलोपटक विद्यापति समारोह मनाइने भएको छ । 

मैथली सेवा समिति इनरुवा सुनसरीको आयोजनामा मनाइने समारोहका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक जीवानन्द झाले बताउनुभयो ।

मङ्सिर २१ गते शनिबार शुक्ल एकादशीका दिन इनरुवा–४ मा रहेको रामजानकी मन्दिर परिसरमा विशेष समारोहको आयोजना गर्ने तयारी भएको आयोजक समितिका कार्यक्रम संयोजक झाले बताउनुभयो ।

विद्यापति समारोहका अवसरमा नेपाल तथा भारतका विशिष्ट व्यक्तिको उपस्थिति संयोजक झाले बताउनुभयो । प्रथम विद्यापति स्मृति पर्व समारोह नाम दिइएको कार्यक्रमलाई तीन चरणमा आयोजना गरिने तयारी गरेको उहाँले बताउनुभयो । शनिबार बिहान प्रभातफेरि र स्थानीवासी रमानन्द झाले इनरुवा–४ नयाँ बसपार्कमा दान दिएको जग्गामा विद्यापति स्मारक शिलान्यास गरिने कार्यक्रम छ ।

दिउँसो प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका साथै प्रदेशका अन्य मन्त्रीसँगै प्रमुख प्रतिपक्षी दलका नेतालगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा औपचारिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

साँझ मैथिल सांस्कृतिक तथा हास्यव्यङ्ग्य कार्यक्रमसमेत आयोजना  गरिने संयोजक झाले बताउनुभयो । रु १५ लाखभन्दा बढी खर्च हुने अनुमान साथ आयोजना गर्न लागिएको कार्यक्रममा पाँच हजारभन्दा बढी स्थानीयवासीको सहभागिता रहने अपेक्षा आयोजकको छ ।

कार्यक्रममा सुनसरी, मोरङ, सप्तरीसहित भारतका विभिन्न भू–भागमा बसोबास गर्दै आएका मैथिलभाषी जानकार, विद्धान, अग्रज साहित्यकार तथा कलाकारको उपस्थिति रहनेछ । विद्यापतिलाई मैथिली साहित्यका महाकविका रूपमा लिइन्छ । उहाँले मैथिल साहित्यको लेखन तथा विस्तारमा पुर्याएको योगदानलाई नेपाल–भारत दुवै देशमा सम्मानका साथ हेर्ने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई