२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नक्सा पासबिनै अस्पताल भवन

२०७६, २६ मंसिर बिहीबार ०३:५४


 सरकारले २०७३ सालयता बन्ने सरकारी तथा निजी संरचनामा भवन निर्माण आचारसंहिता कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । ०७२ को भूकम्पपछि बन्ने सबैजसो संरचना भूकम्पप्रतिरोधी बनाउन सरकारले चालेको कदम सरकारी संरचनामै पालना भएको छैन । 

जिल्लामा करिब ३० करोड रुपैयाँ लागतको निर्माणाधीन जिल्ला अस्पताल भवन न्यूनतम आचारसंहितासमेत पालना नगरी बनाउन लागिएको हो  । १५ शय्याको अस्पताललाई ५० शय्याको बनाउन थालिएको भवनको आधाभन्दा बढी काम सकिने बेलासम्म नक्सापास भएको छैन । भ्याट र कन्टेन्जेन्सीबाहेक २५ करोड ९७ लाख १० हजार रुपैयाँमा ०७५ साउन १ देखि निर्माण सुरु भएको हो । भवनको लागत मूल्य १३ प्रतिशत भ्याट र ५ प्रतिशत कन्टेन्जेन्सीसहित हिसाब गर्दा ३० करोड ६४ लाख ५८ हजार हुन्छ ।

चारतले भवन लिफ्टसहितको बनाउनेगरी काठमाडौंको मीनभवनस्थित श्यामसुन्दरर गोर्खा जेभीले आगामी ०७७ पुसमा सक्ने गरी ठेक्का सम्झौता गरेको हो । निर्माणको काम आधाभन्दा धेरै सकिएको छ । मुख्य भवनको ३ तला सम्पन्न हुने क्रममा छ । तर, भवन निर्माणअघि नै गर्नुपर्ने नक्सापास भएको छैन । सरकारले ०७३ मा ल्याएको भवन निर्माण आचारसंहिताअनुसार अस्पताल तथा जनचाप बढी हुने अस्पताल, विद्यालय, सपिङ मल, संरचनालाई ‘क’ अर्थात् राष्ट्रिय प्रतिष्ठानका घरमा समावेश गरिएको छ । यस्ता राष्ट्रिय प्रतिष्ठानका ३ तलाभन्दा अग्ला भवन निर्माणअघि माटो परीक्षण र नक्सापास अनिवार्य गराउनुपर्ने प्रावधान छ । त्यसबाहेक यसरी बन्ने संचरनाको भौगोलिक र वातावरणीय अध्ययनसँगै सार्वजनिक सुनुवाइसमेत गर्नुपर्छ । अस्पताल भवन निर्माण गर्दा विस्तृत गुरुयोजनाबाहेक माथिका कुनै पनि मापदण्ड पूरा गरेको पाइएको छैन । 

स्थानीय तह कार्यान्वयनमा आएपछि नक्सापासलगायत काम नगरपालिका वा गाउँपालिकामा गर्नुपर्छ । कुश्मा नगरपालिकाभित्र पर्ने अस्पताल भवन नगरपालिकाको समन्वयबिनै बनिरहेको छ । कुश्माका प्रमुख प्रशासकीय अधिकृत हरि पँगेनीका अनुसार अस्पताल भवनको नक्सा पास गराउन सम्बन्धित निकायलाई जानकारी गराइएको छ । ‘नक्सापास नभए पछि अप्ठेरो पर्छ भनेर भनिराखेका छौं,’ पँगेनीले भने, ‘कहिले के कहिले के भनेर टार्नुभएको छ ।’ स्थानीय तह र त्यहाँका प्राविधिकसँग समेत समन्वय गर्नुपर्ने भए पनि हालसम्म अस्पताल भवन निर्माणबारे कुनै विषयमा अस्पताल विकास समिति, ठेकेदार र भवन डिभिजन कार्यालयले समन्वय नगरेको पँगेनीले बताए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित