मंसिर ३०, काठमाडौं | कोठा न्यानो बनाउने भन्दै मकल बालेर सुतेको अवस्थामा दुई जनाको मृत्यु भएको छ | काठमाडौँको कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले बताएका छन् |
प्रहरीका अनुसार अक्सिजनको अभावका कारण निसास्सिएर मृत्यु भएको हो | उनको वास्तविक मृत्युको कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ | भेन्टिलेसन नभएको कोठामा कोइला बालेर सुतेका र बिहान श्रीमानले उठाउँदा नउठेको प्रहरीको भनाइ छ |
सुत्ने बेला तावामा कोइला बालेर सुतेका आमा-छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए |