सुनसरीमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

साझासवाल

<p>पुष ८, सुनसरी | सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको&nbsp; प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिनुभयो ।<br></p><p>पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख.३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो ।&nbsp;&nbsp;</p><p>ठक्करबाट&nbsp; एम्बुलेन्स चालकसहित चार घाइते भएका र&nbsp; घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस</p>

Leave a Comment

Leave a Reply