८ असार, काठमाडाैं । अफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ८ असार, काठमाडाैं । अफ"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काबुल आक्रमणमा मारिएका नेपालीको शव ल्याइँदै

८ असार २०७३, बुधबार ०३:००

८ असार, काठमाडाैं । अफगानिस्तानमा सोमबार बिहान भएको आतंककारी हमलामा मारिएका १२ नेपालीको शव लिन नेपाल बायुसेवा निगमको जहाज अाज बिहान साँढे तीन बजे अफगानिस्तानको काबुल प्रस्थान गरेको छ । विमान साढे ६ बजे काबुल पुगेको छ ।  शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा परराष्ट्र मन्त्रालयमा मंगलबार बसेको बैठकले मृतकको शव नेपाल एयरलाइन्स मार्फत ल्याउने निर्णय गरेको थियो । बैठकमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, गृह मन्त्रालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि लगायत सहभागी थिए ।

सामान्यतः नेपालको एयरपोर्ट बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालन हुने भएपनि बिशेष परिस्थितिका कारण बिहान साँढे तीन बजे जहाज उडाइएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

घर फर्कन चाहने अरुलाईपनि ल्याइने

मृतक र घाइतेलाई लिन बुधबार सबेरै काबुल प्रस्थान गरेको जहाजमा नेपाल फर्कन चाहने नेपालीहरुलाई पनि ल्याइनेछ । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार नेपाल एयरलाइन्सको बोइङ जहाजले घर फर्कन चाहनेलाई ल्याउने व्यवस्था मिलाइएको छ ।

 घर फर्कन चाहने नेपालीले पाकिस्तानस्थित नेपाली दूतावास अथवा पाकिस्तानबाट काबुल पुगेका कार्यबाहक राजदूतसँग सम्पर्क गर्न सक्नेछन् ।  पहिलो प्राथमिकता मृतकको शव र घाइते हुन्, त्यसपछि घर फर्कन चाहने नेपालीलाई पनि त्यही जहाजमा ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार