२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्ची खानेपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न

२०७६, २५ पुष शुक्रबार १२:२०

पुष २५, काठमाडौँ | मेलम्चीको पानी प्रशोधन गरेपछि मात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएका दुवै खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्नेगरी केन्द्रको निर्माण भएको हो । केन्द्रको निर्माण सम्पन्न भएकाले अब परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

यहाँ रहेका प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग(जाइका) र अर्को एशियाली विकास बैंक(एडिबी) को आर्थिक सहयोगमा निर्माण भएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की केही समय पहिले नै सम्पन्न भएको थियो भने एडिबीको सहयोगमा निर्माण भएको केन्द्र गत महिना मात्रै सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माणस्थलमा काम भइरहँदा पनि आयोजनाले भने पाइपसँगै प्रशोधन केन्द्रको परीक्षण गरिरहेको छ । उहाँले भन्नुभयो, “वाग्मतीकै पानीबाट नै परीक्षण गरिनेछ ।”

आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ मा एकएक र प्रशोधन केन्द्र निर्माणमा दुई गरेर चार ठेक्कामार्फत काम अघि बढाएको थियो । सुरुङ निर्माण र हेडवर्क निर्माणको काम अहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । आगामी असारसम्ममा सबै काम सकिएर काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खाने खानेपानी तथा सरसफाइ मन्त्रालयले बताउँदै आएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पनि केही समय पहिले समयमै काम सम्पन्न गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने