२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनैतिक पूर्वाग्रहका साथ सरकारअघि बढ्यो : नेता सिंह

२०७६, २५ माघ शनिबार ०८:१५

माघ २५, चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई मुद्दा दायर गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को सर्वोच्च कमान्डर प्रधानमन्त्री हुन्छ, त्यहाँबाट हुने कुनै पनि निर्णयमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजिएको छ ।” “अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारबाट प्रभावित भयो र जग्गा हुनेलाई कारवाही गर्न डरायो” उहाँले भन्नुभयो, “तत्कालीन मन्त्री मात्रै होइन, प्रधानमन्त्री र जग्गाधनी पनि त्यतीकै दोषी छन्,  उनीहरुलाई पनि कारवाही हुनुपर्ने माग काँग्रेसको छ ।” 

नेता सिंहले यसैका लागि काँग्रेसले संसद् अवरुद्ध गरेको स्पष्ट पार्दै अख्तियारले राजनैतिक आग्रहपूर्वाग्रह विना नै स्वतन्त्र रुपमा छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । 

फरक प्रसङ्गमा बोल्दै उहाँले काँग्रेसले १४औँ महाधिवेशनका लागि तयारी शुरु गरेको बताउनुभयो । महाधिबेशनको मिति तय भइसकेको अवस्थामा यसलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाएर अघि बढेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा