२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसीसी विश्वकप लिग दुई : नेपालले दियो अमेरिकालाई १९१ रनको लक्ष्य

२०७६, २५ माघ शनिबार १०:१९

माघ २५, काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । 

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको हो । नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो रहेन् । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आएका सुवास खकुरेल तीन रनमै पभेलियन फर्किनुभयो । 

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुनुभयो । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किनुभयो । खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट हुनुभयो । खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पभेलियन फर्किनुभयो । 

छैटौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएका बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाउनुभयो । यस क्रममा उहाँले तीन छक्का र चार चौकासमेत प्रहार गर्नुभयो । कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाउनुभयो । यस्तै विनोद भण्डारीले ५९ रन बनाउनुभयो । उहाँले ७९ बल खेल्दै एक छक्का र छ चौका हान्नुभयो । करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाउनुभयो । 

बलिङतर्फ अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई दुई विकेट लिनुभयो । करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक एक विकेट लिनुभयो । 

अहिले अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ । अमेरिकाले ११ ओभरमा पाँच विकेट गुमाउँदै २७ रन बनाएको छ । अमेरिकाको शुरुआत निकै खराब रह्यो । अमेरिकाले चार ओभरमा टोलीको स्कोर १३ रन छँदा चार विकेट गुमायो । सन्दिप लामिछाने र करन केसीले दुई दुई तथा सुशन भारीले एक विकेट लिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा