२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किर्ते गरेर मसानघाटको जग्गा प्लटिङ

२०७६, २८ माघ मंगलवार ०३:२३

माघ २८, बारा । बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । 

कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत बाँकी राखेन । उनीहरुले किर्ते गरी मसानघाटको जग्गा प्लटिङ गरेको पाइएको छ । 

आयोजनासँगै बारा भित्रिएका भूमाफियाले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गासमेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ ।  बाराको जितपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा मसानघाट प्रोपर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो ।

मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को ६ बिघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० गते नेपाल सरकारले ऐलानी श्रेस्ता बदर गरी भूमाफियाको उक्त कम्पनीले किर्ते गरेर प्लटिङ गरी बेचेको पाइएको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाश लम्सालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा