२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०७६, २ फाल्गुन शुक्रबार ०६:५०

फागुन २, धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नंको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नंको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् । घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ । दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा