फागुन ४, काठमाडौं | कोरोना भाइरसको उद्गम स्थल मानिएको चिनको वुहानवाट १ सय ७५ जना नेपालीलाई उद्दार गरेर ल्याइएको छ | उद्दार गरिएका उनीहरु सबैलाई भक्तपुरको खरिपाटी स्थित क्वारेन्टाइनमा राखिएको छ |
उनीहरु सबैलाई १४ दिन सम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ | अवतरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सवास्ति परिक्षण गराएर क्वारेन्टाइनमा राखिएको हो |
विमान स्थलबाट खरिपाटी सम्म ५ बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो | खरिपाटीमा उनीहरुको नमूना परीक्षण गरिनेछ छ र कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताइएको छ |
वुहानबाट १ सय ८५ जना मध्ये १ सय् ७६ जना नेपाल फर्किएका छन् | ६ जनालाई विमानस्थलमा स्वास्थ्य परिक्षणका क्रममा उच्च ज्वरो देखिएकाले उतै राखेको र ३ जनाले आउँ नमानेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ | उद्दार गरिएका १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेका छन् |
यस बिषयमा तपाइको प्रतिक्रिया...!