२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीले बर्दी लगाएर पेस्तोल नचाउँदै टिकटकमा भिडियो सार्वजनिक गरेपछि…

२०७६, ११ फाल्गुन आईतवार ०८:०७

फागुन ११, काठमाडौँ | अहिले निकै प्रचलनमा रहेको एप हो टिकटक | १५ सेकेन्डको भिडियो बनाएर पोष्ट गर्न मिल्ने यो एपमा धेरैले भिडियो बनाएर पोष्ट गरिरहेका हुन्छन | पछिल्लो समय सामाजिक संजालको प्रयोग दिनदिनै बढिरहेको छ | 

यस्ता सामाजिक संजालको सदुपयोग भन्दा दुरुपयोग बढिरहेको प्रहरीको भनाई छ | छोटो समयमै चर्चामा आउन र मनोरञ्जनका लागि टिकटकमा भिडियो बनाएर सार्वजनिक गर्ने गरिएको पाइएको छ | तर प्रहरीले समेत प्रहरी कार्यालय भित्रै भिडियो बनाएर पोष्ट गरेर पाइएको छ |

जनताको सुरक्षाका लागि खटिने प्रहरीले त्यसको संवेदनशिलतालाई नै नबुझी प्रहरीको पोसाकमै टिकटकमा भिडियो बनाएर सार्वजनिक गरिएको हो | दिलु मगर ९१ अकाउन्टबाट सार्वजनिक भएको उक्त टिकटकमा दुईवटा भिडियो छन् |

एउटा भिडियोमा प्रहरी नायव निरीक्षक (सई) को पोसाक लगाएकी महिला सईले पेस्तोल नचाउँदै गरेको भिडियो छ | अर्को भिडियोमा पुरुष सईको अँगालोमा एक महिला देखिन्छिन् । सईको नेमप्लेटमा आरबी थापा लेखिएको छ | अर्को कुरा, उक्त भिडियो कुनै प्रहरी कार्यालयभित्र नै बनाइएको देखिन्छ | 

उक्त भिडियोको पछाडी झ्यालमा राखिएको पर्दा प्रहरी कार्यालयमा नै राखिने निलो रंगको देखिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से