२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति

२०७६, १५ फाल्गुन बिहीबार ११:१५

फागुन १५, वालिङ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताउनुभएको छ । नेपाल मगर सङ्घ स्याङ्जाको आयोजना र वालिङको व्यवस्थापनमा आज सदरमुकाम वालिङमा आयोजित ३८ औंँ मगर एकता दिवस तथा मगर गुमष्ठा इमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धिको 

शत्रु भ्रष्टाचार जरैदेखि नफाल्दासम्म देशको समृद्धि हुन नसक्ने स्पष्ट गर्नुभयो । 

“केन्द्रमा सङ्घीय सरकारले हाम्रा शत्रुका रुपमा रहेका भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हटाउन लाग्नुपर्छ भने स्थानीय सरकारले जरैबाट फाल्न शुरु गरे मात्रै विकासले फड्को मार्दै जाने छ ।” मगर समुदाय सङ्घर्षशील, वीर, इमान्दार र कर्तव्यनिष्ठ समुदाय भएको बताउँदै उपराष्ट्रपति पुनले अब सबैको ध्यान विकास र आर्थिक समृद्धितर्फ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मातृभाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै मातृभाषा पठनपाठनको व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो । 

सो अवसरमा नेकपा स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाण,  मगर सङ्घ स्याङ्जाका अध्यक्ष लोकेन्द्र तरामु मगर र वालिङका अध्यक्ष बिलबहादुर थापालगायतले मगर समुदायको भाषा, संस्कृति र कलाको संरक्षण सबै मगर एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो