२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रमको आह्वान

२०७६, १५ फाल्गुन बिहीबार १३:३६

 फागुन १५, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उहाँले अहिले बाहिर आएको अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र हत्या गर्न सङ्गठित प्रयास भएको बताउनुभयो ।

‘‘आरोप सत्य हो कि होइन भनेर हामीले हेर्नुपर्छ । कसैले २० करोड खाको भन्छ, कसैले भन्छ घुस माग्यो । यही आरोप सत्य हो भने ऊ सजायँको भागीदार हुन्छ’’ उहाँले भन्नुभयो, ‘‘ होइन भने त्यसको खण्डन दृढताका साथ गरिन्छ ।’’  उहाँले कम्युनिष्ट पार्टीको आचरण र आदर्श भ्रष्ट हुँदैन भन्दै कोही भ्रष्ट भएमा त्यसलाई कारवाही गरिने स्पष्ट गर्नुभयो । 

उहाँले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अडियो टेप प्रकरण अनधिकृत ढङ्गले आएको  बताउनुभयो ।  ‘‘मेरो बारेमा प्रश्न उठेको हुनाले गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिन्छु भनेर राजीनामा दिनुभएको हो । मैले राजीनामा स्वीकृत गरेँ’’, उहाँले भन्नुभयो, ‘‘ उहाँले यो टेप मेरो होइन भनिरहनुभएको छु ।  म न्याय खोज्छु भन्नुभएको छ ।  स्वीस राजदूतावासले पनि उसको प्रतिनिधि होइन भनेर भनेको छ । त्यसको कुनै सत्यता पुष्टि भएको छैन । त्यसकारण उक्त टेपमा कुनै प्रमाण छैन । त्यो टेप प्रकरण प्रमाणित हुँदैन ।’’  उहाँले बाँस्कोटमा दोष देखिएमा त्यसको सजाय उहाँले भोग्ने बताउनुभयो । उहाँले आफ्नो नाममा पनि उक्त टेप प्रकरणमा उजुरी हालिएको छ भन्दै त्यो काम नलाग्ने बताउनुभयो । 

उहाँले पार्टीको सही नीति तथा व्यापक र सुदृढ सङ्गठन  भए पनि प्रचारमाध्यममा मात्र कमी रहेको बताउनुभयो । उहाँले केही विरोध गर्न नपाएपछि आफ्नो जन्मदिनमा जनताले केक काटेर उत्सव मनाएकामा पनि नेपाली काङ्ग्रेसले विरोध गरेको बताउनुभयो । ‘‘भारतले नाकाबन्दी गर्दा बोल्न नसक्ने काङ्ग्रेस केकमा राष्ट्रवाद भन्न थालेको छ’’, उहाँले भन्नुभयो, ‘‘ मेरो जन्मस्थलमा मसँगै पानी, बिजुली पुगेपछि जनताले केक काटेर उत्सव मनाएका हुन् । कसले केक ल्याए, मलाई थाहा छैन । मैले केक छोइदिएको मात्र हुँ । केक उनीहरुले नै काटेका हुन् ।’’

संसद्मा जवाफ दिइने

उहाँले संसद्बाट आफू कहिल्यै  नभागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘संसद्मा बोल्दाखेरि हुलहुज्जत गरेर बोल्न नदिने, अनि भाग्यो भनेर भन्ने ? संसद्मा दुई तिहाई ल्याएको पार्टीको नेता हुँ, म कहिल्यै भाग्दिन ।’’ उहाँले आफू कुनै समय संसद् जाने र  प्रतिपक्षको कुरा सुनेर जवाफ दिने पनि स्पष्ट गर्नुभयो । ‘‘प्रधानमन्त्री विभिन्न कामले सधैँ संसद्मा पुग्न सक्दैन’’, उहाँले भन्नुभयो, ‘‘ म कुनै समयमा त्यहाँ गएर उहाँहरुका कुरा सुनेर जवाफ दिन्छु ।’’

केही दिनमा मिर्गाैला प्रत्यारोपण

प्रधानमन्त्री ओलीले केही दिनभित्र आफूले मिर्गाैला प्रत्यारोपण गर्ने जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैटाँै दिनमा घर आएर काम शुरु गर्ने उहाँको भनाइ थियो । उहाँले अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गर्नुभयो । ‘‘अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु’’, उहाँले भन्नुभयो, ‘‘ बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ । जिन्दगी यस्तै हो ।’’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो