फागुन १८, काठमाडौँ | बच्चा बोकेकी महिलालाई लाठि हान्ने प्रहरी इन्स्पेक्टरलाई इन्चार्जबाट हटाइएको छ | गत बिहीबार भैंसेपाटीस्थित भिड नियन्त्रण लिनेक्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलामाथि लाठि हानेका हुन् |
नेपाली सेनाबाट बर्खास्तमा परेका जर्नेल हेम खत्रीको घरमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि इन्स्पेक्टर पौडेलले लाठी प्रहार गरेको भिडियो सामाजिक संजालमा निकै भाइरल भएको थियो | उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो |
छानबिन टोलीले शनिबार महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज रहेका इन्स्पेक्टर पौडेलको सट्टामा अर्का इन्स्पेक्टर सुजित ओझालाई पठाइसकेको छ | उनलाई जावलाखेलमा बोलाएर थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ |