२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो

२०७६, १८ फाल्गुन आईतवार ११:३५

फागुन १८, कास्टानिज, ग्रीस (रासस-एएफपी) ।  ग्रीसले टर्कीको सीमाभित्र प्रवेश गर्न चाहने झण्डै १० हजार आप्रवासीलाई सीमामै रोकेको ग्रीसको सरकारले जनाएको छ । 

सरकारी स्रोतले गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने झण्डै ९ हजार ९७२ जना आप्रवासीलाई एभरोस क्षेत्रतर्फ फर्काइएको जनाएको छ । यो क्षेत्र टर्कीसँग सीमा जोडिएको छ । 

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले गत साता युरोपतर्फको सीमा खुला गरिदिने धम्की दिएसँगै ठूलो संख्यामा शरणार्थीहरु ग्रीस र टर्कीको सीमा क्षेत्रमा आइपुगेका थिए ।

सिरियाली द्वन्द्व समाधानमा युरोपेली सरकारमाथि दबाब दिन टर्कीका राष्ट्रपतिले यस्तो कदम चाल्नु भएको हो । हालैमात्र सिरियाको इड्लिबमा सिरियाली फौजको हवाई कारबाहीमा दर्जनौं टर्केली सेनाको ज्यान गएपछि परिस्थिति जटिल बनेको छ ।

एक जना सरकारी स्रोतले सेना र प्रहरीले आफ्नो भूमिमा प्रवेश गर्न चाहने हजारौं सिरियाली शरणार्थीलाई सीमामै रोकेको बताएको छ ।

आइतबार बिहानै कास्टानिज वन क्षेत्रको बाटो हुँदै ठूलो समूह ग्रीसतर्फ प्रवेश गर्न खोजेको स्रोतले बताएको छ । ग्रीकका अधिकारीहरुले ७३ जना आप्रवासीलाई पक्राउ गरिएको बताएका छन् । तर उनीहरु इड्लिबका नभई अफगानिस्तान, पाकिस्तान र सोमालियाका नागरिक छन् । 

झण्डै १३ हजार आप्रवासी टर्की–ग्रीस सीमा क्षेत्रमा भेला भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार यी व्यक्तिहरुसँग बालबालिका र परिवारका अरु सदस्य सहित छन् । ग्रीसका सुरक्षाकर्मीले इभरोस नजिक आसपास गस्ती बढाएका छन् । उनीहरुले लाउडस्पिकरबाट आफ्नो भूमिमा प्रवेश नगर्न चेतावनी समेत दिएका छन् ।

कतिपय स्थानमा प्रहरीमाथि ढुंगा प्रहार गर्ने आप्रवासीलाई नियन्त्रणमा लिन प्रहरी र सेनाले अश्रुग्यास प्रहार गरेको छ । टर्कीमा हाल झण्डै ३६ लाख शरणार्थीले आश्रय लिइरहेका छन् । उनीहरुमध्ये अधिकांश युरोप प्रवेश गर्ने योजनामा छन् । टर्कीका राष्ट्रपतिले यी आप्रवासीलाई युरोपले मानवीय सहायता नदिए आफूले सीमा खोलिदिने बताउँदै आउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य