२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसको आशङ्कामा शुक्रराज ट्रपिकलमा भर्ना हुनेको संख्या पाँच पुग्यो

२०७६, १९ फाल्गुन सोमबार ०९:२४

फागुन १९, काठमाडौँ | कोरोनाभाइरससँग मिल्दो जुल्दो लक्षण भएका ५ जना व्यक्तिहरु कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा भर्ना भएका छन् | सोमबार बिहान सम्म पाचजना अस्पताल भर्ना भएको अधिकारीहरूले बताएका छन् |

चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएको डा. वासुदेव पाण्डेले बताएका छन् | उनीहरु "शङ्कास्पद बिरामी"को मापदण्डमा परेकाले निगरानीमा राखिएको उनले बताए |

चिनको हुवान प्रान्तबाट सुरु भएको उक्त भाइरस विश्वका अन्य देशहरुमा फैलिएसंगै नेपालले पनि थप सतर्कता अपनाएको छ | नेपालमा झन्डै सात हप्ताअघि एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो | त्यसपछि भने कसैमा देखापरेको छैन |

उनीहरु सोझै विमानस्थलबाट अस्पताल नआएर ज्वरोको लक्षण देखिएपछि घरैबाट आएको डाक्टरको भनाई छ | दुई जना आइतबार,दुइजना गतहप्ता र एक जना आज अस्पताल भर्ना भएका हुन् | कोरोनाभाइरसको सङ्क्रमण भएको देशबाट फर्किएका र कडा रुघा र ज्वरोको लक्षण देखिएकाले भर्ना भएका व्यक्तिहरुलाई निगरानीमा राखिएको बताइएको छ |

हाल सम्म कोरोनाभाइरस्को सक्रमणबाट विश्वभरी ३ हजार भन्दा बढीको ज्यान गैसकेको छ | ६४ भन्दा बढी देशमा भाइरसको सक्रमण फैलिसकेको छ भने झन्डै ९० हजार मानिसमा संक्रमण देखिएको छ | कोरोना भाइरसबाट बच्नकालागि विश्व स्वास्थ्य सङ्गठनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने