२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजान अनुरोध,जानै परे मास्क अनिवार्य लगाउनु पर्ने

२०७६, १९ फाल्गुन सोमबार १२:१८

फागुन १९, काठमाडौं | काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक कामबाहेक नजान र जानै परे माक्स लगाएर मात्र जान नागरिक उड्ययन कार्यालयले आग्रह गरेको छ | कोरोनाभाइरस संक्रमणको खतरा बढेसंगै कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विज्ञप्ति जारी गर्दै विमानस्थलमा प्रवेश नगर्न आग्रह गरेका हुन् |

बिज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारबाट सार्वजनिक स्थानमा भीडभाड कम गर्न गरिएको आग्रहलाई समेत मध्यनजर गरी सो को नियन्त्रणका लागि यस अन्तर्राष्ट्रिय विमास्नथलबाट आवतजावत गर्नुहुने सबै हवाई यात्रुहरुलाई स्वागत तथा बिदाई गर्न आउनुहुने आफन्तजनलगायत अन्य महानुभावहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनुहुन र अत्यावश्यक काममा आउनु हुने सबेले मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ ।”

त्यसका साथै विमास्थलबाट यात्रुहरुको सुविधानको लागि प्रदान गरिँदै आएको भिजिटर पास पनि अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ | विश्वभरी कोरोनाको जोखिम बढेसंगै नेपालमा पनि उक्त भाइरसबाट बच्नका लागि सतर्कता अपनाइएको छ | विश्व स्वास्थ्यसङ्गठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने