२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्याजदर कटौतीको आशमा बढ्यो सुनको भाउ

२०७६, २१ फाल्गुन बुधबार ०३:१३

फागुन २१, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । तीव्र दरमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव सीमित बनाउन प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने अपेक्षा बढेसँगै मंगलबार सुनको भाउले टेवा पाएको हो ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा उक्त दिन सुनको भाउ प्रतिऔंस १ हजार ६ सय ढलरसम्मको उच्च बिन्दुमा पुगेको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समय अनुसार ५ बजे स्पट गोल्डको भाउ प्रतिऔंस शून्य दशमलव ४७ प्रतिशत बढी १ हजार ५९९ डलर ७३ सेन्टमा पुगेको थियो । सोही अवधिमा यूएस गोल्ड फ्यूचर्स पनि प्रतिऔंस १ हजार ५९४ डलर ८० सेन्टमा किनबेच भइरहेको थियो ।

प्राविधिक रुपमा स्पट गोल्डले प्रतिऔंस १ हजार ६३१ डलर सम्म जान सक्ने र यसले १ हजार ५८४ मा टेवा पाउने रोयटर्सका प्रविधि विश्लेषक वाङ ताओले बताएका छन् । भाइरसको प्रभावबाट अर्थतन्त्रलाई राहत दिन ब्याजदर कटौती गरिने हालैका दिनमा अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ का अध्यक्ष जेरोम पावेल र युरोपेली केन्द्रीय बैंक (इसीबी) अध्यक्ष क्रिस्टियन लागार्दले संकेत दिएका थिए ।

कोरोना भाइरसका कारण केन्द्रीय बैंकहरु ब्याजदर कटौतीको हतारमा रहेको र यसले सुनको भाउलाई टेवा दिइरहेको एसएमसी कोमट्रेडमा कमोडिटी रिसर्चका सहायक उपाध्यक्ष बन्दना भारतीले बताइन् ।

यो खबर आजको आर्थिक अभियानले एजेन्सीको सहयोगमा लेखेका छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य