२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहदानी विभागको गम्भीर लापर्बाहीले सरकारले गुमायो डेढ करोड

२०७६, २५ फाल्गुन आईतवार ०२:३९

फागुन २५, काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र आह्वान गरेको छ । तर, यसअघि सोही राहदानी छपाइमा गम्भीर लापर्बाही हुँदा सरकारले डेढ करोड रुपैयाँ गुमाउनुपरेको छ ।

नेपाललाई मेसिन रिडएबल पासपोर्ट  (एमआरपी) उपलब्ध गराउने फ्रान्सेली कम्पनी ओबर्थर टेक्नोलोजीको हित हुनेगरी सम्झौताविपरीत निर्णय गर्दा सरकारले नोक्सानी बेहोर्नुपरेको हो । २७ अगस्ट २०१० मा फ्रान्सेली कम्पनी ओबर्थरसँग ४५ लाख थान खाली एमआरपी आपूर्ति र पर्सनलाइजेसन गर्ने सम्झौता भएको थियो ।

सम्झौताअनुसार आपूर्तिकर्ताको तर्फबाट त्रुटि भए बिग्रिएका पासपोर्ट आपूर्तिकताले शोधभर्ना गर्नुपर्ने व्यवस्था छ । तर, विभागले सो कम्पनीको लापर्बाहीका कारण बिग्रेको राहदानीको शोधभर्ना नगरी उनीहरूलाई दिनुपर्ने रकम कट्टी गरेको पाइएको छ ।

६२ हजार पासपोर्ट बिगार्ने कम्पनीलाई दोस्रोपटक पुनः सम्झौता गर्दा राज्यलाई करोडौं घाटा

फ्रान्सेली कम्पनी ओबर्थरसँग भएको सम्झौतामा पहिलोपटक सो कम्पनीको लापर्बाहीले ६२ हजार पासपोर्ट बिग्रिए । बिग्रिएको पासपोर्टको विभागले शोधभर्ना नगरी रकम कट्टा गर्दा नेपालले घाटा व्यहोर्नुप¥यो । ४५ लाख पासपोर्ट आपूर्ति गर्दा ६२ हजार पासपोर्ट बिग्रेका थिए ।

सम्झौतामा प्रतिपासपोर्ट ३.४१ अमेरिकी डलर (करसमेत) ओर्बथरलाई बुझाउनुपर्ने उल्लेख छ । तर, विभागले बिग्रिएका पासपोर्ट आपूर्तिकर्तालाई शोधभर्ना नगराई प्रतिपासपोर्ट ३.४१ अमेरिकी डलरले हुने २ लाख १२ हजार ७ सय ८४ अमेरिकी डलर कटाई भुक्तानी गरेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन