चैत्र ५, गोरखा । पालुङटार नगरपालिका ३ मा रहेको आपपिपल सामुदायिक अस्पतालमा कोरोना भाईरसबाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरि आईसोलेसन वार्डको स्थापना गरिएको छ । पालुङटार नगरपालिकाको सहयोग र समन्वयमा आईसोलेसन वार्डको स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक वाबुराम गिरी जानकारी दिए |

हाल विश्वभर कोरोना भाइरसको संक्रमण देखिएका बेला त्यसको सम्भावित जोखिमबाट सतर्क रहन अस्पतालमा ४ वटा बेड र आवश्यक औषधि उपकरण सहितको आईसोलेसन वार्ड स्थापना गरिएको गिरीले बताए | एट्याच बाथरुमका साथै छुट्टै स्नान कक्ष सहितको आईसोलेसन वार्डको स्थापना गरिएको उनले बताए |

पालुङटार नगरपालिका नगर प्रमुख ई. दीपक बाबु कंडेलले उक्त कक्षको अनुगमन तथा निरिक्षण गरेका छन् | विश्वभर फैलिरहेको कोरोना भाईरसबाट बच्नको लागि सबैले सतर्कता अपनाउनु पर्ने साथै व्यक्तिगत सरसफाईमा ध्यान दिदै सचेत रहनुपर्नेमा कंडेलले जोड दिए |

४० वेड क्षमताको अस्पतालमा सोमबार बाट स्तनपान कक्षको समेत स्थापना गरिएको छ। बच्चा जन्मेदेखि २ बर्ष सम्म निरन्तर आमाको दुध खुवाउनु पर्ने भएकोले अस्पताल आउने आमाहरुले आफ्नो बच्चालाई खुल्ला ठाउमा स्तनपान गराउन असहज हुने हुँदा स्तनपान कक्षको स्थापना गरिएको अस्पतालले जनाएको छ |

March 18, 2020
गोरखा - GRK, समाज
कोरोना भाईरस : आपपिपल अस्पतालमा आईसोलेसन वार्डको स्थापना
By साझासवाल
3 मिनेट पढाइ