२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस नियन्त्रणको लागि बेलायतमा पनि ‘लकडाउन’

२०७६, ११ चैत्र मंगलवार ०७:५५

 चैत ११, (रासस / एएफपी) । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण लगातार रुपमा बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडा गर्नको लागि ‘लकडाउन’ को घोषणा गर्नु भएको छ । 

सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथै दुई जनाभन्दा बढीको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ ।

आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रयासका रुपमा प्रधानमन्त्री जोनसनले नयाँ नियन्त्रणका उपाय अघि सार्नु भएको हो । यो नियम तत्काल लागू हुने भएको छ ।  

आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक सेवा वाहेक अव घरबाहिर निस्किन निषेध गरिएको छ ।

यी नियम नमान्नेविरुद्ध प्रहरीले जरिबाना गराउन सक्ने प्रधानमन्त्री जोनसनले बताउनु भएको छ ।  बेलायती प्रधानमन्त्री जोनसनले यस्ता घोषणा गर्ने कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताउनु भएको छ । 

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ३३५ व्यक्तिको मृत्यु भइसेकेको छ ।  छ हजार १८० व्यक्ति सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । 

युरोपमा सबभन्दा धेरै प्रभावित इटलीमा बितेको २४ घण्टामा त्यहाँ ६०० जनाभन्दा बढीको ज्यान गएको छ । उक्त सङ्ख्या गत दुई दिनको भन्दा कम भएको समाचारमा  जनाइएको छ ।

यसअघि कोरोना भाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुईजनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागू गरिसकेको छ  । टेलभिजनमा सम्बोधन गर्नु हुँदै चान्सलर एञ्जेला मार्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताउनु भएको थियो । 

जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन