ताराबहादुर महत । पुस २६, दोलखा । जिल्ला कृषि विकास कार्यालय
दोलखाले अनुदानमा कृषकहरुलाई किविको विरुवा र आलुको विउ वितरण गर्ने भएको छ ।
कार्यालयले ५० प्रतिशत अनुदानमा ६ हजार किवीका विरुवा, ७५ प्रतिशत अनुदानमा ६ हजार
मेक्ट्रीक टन आलुको विउ र ७५ प्रतिशत अनुदानमा २ सय थान सिलपोलिङ पलाष्टिकको टनेल कृषकहरुलाई वितरण
गर्ने तयारी भईरहेको जिल्ला कृषि विकास कार्यालय दोलखाका प्राविधीक सहाय प्रेम खत्रीले जानकारी दिनुभयो
। उहाँका अनुसार दोलखामा पछिल्लो समय आलु र किविफल खेति तर्फ कृषकहरु आर्कषित भएका छन् ।