प्रेम सुनार/साउन ३, गुल्मी ।  केहि वर्ष अघि सम्म गाउँकै भद्रभलादमी नै आफ्नो अदालत ठान्थे सर्वसाधरणहरु । अदालत जानु भनेको पैसाको खोलो बगाउँदा बगाउँदा थाक्दै जितेर पनि हार्नु मान्थे । यसर्थ पनि त्यता जानुको साटो यतै गाउँमा ठिक ठानेर वलात्कार, हत्या जस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन ३, गुल्मी ।  केहि वर्ष अघि सम्म गाउँकै भद्रभलादमी नै आफ्नो अदालत ठान्थे सर्वसाधरणहरु । अदालत जानु भनेको पैसाको खोलो बगाउँदा बगाउँदा थाक्दै जितेर पनि हार्नु मान्थे । यसर्थ पनि त्यता जानुको साटो यतै गाउँमा ठिक ठानेर वलात्कार, हत्या जस"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा अदालत प्रति जनआस्था बढ्दो

२०७३, ३ श्रावण सोमबार ०१:४६

प्रेम सुनार/साउन ३, गुल्मी ।  केहि वर्ष अघि सम्म गाउँकै भद्रभलादमी नै आफ्नो अदालत ठान्थे सर्वसाधरणहरु । अदालत जानु भनेको पैसाको खोलो बगाउँदा बगाउँदा थाक्दै जितेर पनि हार्नु मान्थे । यसर्थ पनि त्यता जानुको साटो यतै गाउँमा ठिक ठानेर वलात्कार, हत्या जस्ता जघन्य अपराध समेत झ्यासमिस हुने गरेको बुढापाकाहरु बताउँछन्।


तर अहिले अवस्था त्यो छैन् ।  सुरुमा प्रहरी, प्रशासनको ढोका ढ्क्ढकाउने , त्यहाँबाट पनि न्याय नपाए वा काननुतः पाउन नमिल्ने मुद्धा भए अदालतमा जाने क्रम बढ्दो छ । आज गुल्मी जिल्ला अदालतले  सार्वजानिक गरेको मुद्धा तर्फको ३ वर्षे तुलानात्मक विवरणलाई दृष्टिगतलाई ध्यानमा राख्दा अदालत प्रति जनआश्था बढ्दै गएको देखिएको छ । सामन्य प्रकृतिका मुद्धा जो समाज र प्रहरी प्रशासनकै सहजीकरणमा मिल्न सक्ने झैझगडा , साँध–सिमना, लेनदेन जस्ता मुद्धाहरु  पनि अदालत मै आउन थालेको पाईएको छ ।


अदालतले पत्रकार भेटघाट  गरी सार्वजानिक गरेको विवरण अुनुसार आर्थिक वर्ष २०७०/०७१ मा ३  सय ६१ थान मुद्धा दर्ता भएका थिए । २०७१÷०७२ मा ३ सय ८४ थान परेका थिए भने यस आर्थिक वर्षमा बढेर ४ सय ९ थान पुगेका छन् ।


विगतका वर्षहरुको तुलनामा मुद्धा पर्छयौटमा हुने ढिला सुस्ती र झण्झटीलो पनि हड्दै गएको पाईएको छ । यस आर्थिक वर्षमा अघिल्लो वर्षबाट जिम्मेवारी सारिएका ८७ थान, नयाँ ३ सय २२ थान सहित कुल ४ सय ९ थान मध्ये ३ सय १३ थान अर्थात कुल मुद्धाको ७२.५२ प्रतिशत मुद्धा फर्छयौट भई सकेको जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले जनाकारी दिए  ।


९६ थानमा मात्र पर्छयौट गर्न बाँकी रहेको जानकारी दिदै उहाँले ति  पनि जति सक्दो छिटो पर्छयौट गरिने बताउनु भयो ।  पर्छयौट मुद्धा मध्ये १ बर्ष नाघेका मुद्धा न्युन रहेको, ६ महिना देखि १ वर्ष  भित्रको २३ थान पर्छयौट गरिएको र अन्य ७३ थान मुद्धा ६ महिना भित्रमै पर्छयौट गरिएको जानकारी उहाँले दिनु भयो ।  पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले मुद्धाहरुका सम्वन्धमा राखेका जिज्ञाषा जिल्ला न्यायधिष कोईरालाले मेटाएका थिए ।


श्रेस्तेदार श्याम विहारी मौर्य भन्छन् –‘सामन्य प्रकृतिका मुद्धाहरु समेत बढ्दै जानुले अदालत प्रति जनआश्था बढेको अपेक्षा गरेका छौ र त्यो अपेक्षा पुरा गर्नका लागि आदालतले घर दैलो कार्यक्रम समेत गर्दै हिडेको छा । ’   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस