प्रेम सुनार/साउन ३, गुल्मी ।  केहि वर्ष अघि सम्म गाउँकै भद्रभलादमी नै आफ्नो अदालत ठान्थे सर्वसाधरणहरु । अदालत जानु भनेको पैसाको खोलो बगाउँदा बगाउँदा थाक्दै जितेर पनि हार्नु मान्थे । यसर्थ पनि त्यता जानुको साटो यतै गाउँमा ठिक ठानेर वलात्कार, हत्या जस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन ३, गुल्मी ।  केहि वर्ष अघि सम्म गाउँकै भद्रभलादमी नै आफ्नो अदालत ठान्थे सर्वसाधरणहरु । अदालत जानु भनेको पैसाको खोलो बगाउँदा बगाउँदा थाक्दै जितेर पनि हार्नु मान्थे । यसर्थ पनि त्यता जानुको साटो यतै गाउँमा ठिक ठानेर वलात्कार, हत्या जस"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा अदालत प्रति जनआस्था बढ्दो

३ श्रावण २०७३, सोमबार ०१:४६

प्रेम सुनार/साउन ३, गुल्मी ।  केहि वर्ष अघि सम्म गाउँकै भद्रभलादमी नै आफ्नो अदालत ठान्थे सर्वसाधरणहरु । अदालत जानु भनेको पैसाको खोलो बगाउँदा बगाउँदा थाक्दै जितेर पनि हार्नु मान्थे । यसर्थ पनि त्यता जानुको साटो यतै गाउँमा ठिक ठानेर वलात्कार, हत्या जस्ता जघन्य अपराध समेत झ्यासमिस हुने गरेको बुढापाकाहरु बताउँछन्।


तर अहिले अवस्था त्यो छैन् ।  सुरुमा प्रहरी, प्रशासनको ढोका ढ्क्ढकाउने , त्यहाँबाट पनि न्याय नपाए वा काननुतः पाउन नमिल्ने मुद्धा भए अदालतमा जाने क्रम बढ्दो छ । आज गुल्मी जिल्ला अदालतले  सार्वजानिक गरेको मुद्धा तर्फको ३ वर्षे तुलानात्मक विवरणलाई दृष्टिगतलाई ध्यानमा राख्दा अदालत प्रति जनआश्था बढ्दै गएको देखिएको छ । सामन्य प्रकृतिका मुद्धा जो समाज र प्रहरी प्रशासनकै सहजीकरणमा मिल्न सक्ने झैझगडा , साँध–सिमना, लेनदेन जस्ता मुद्धाहरु  पनि अदालत मै आउन थालेको पाईएको छ ।


अदालतले पत्रकार भेटघाट  गरी सार्वजानिक गरेको विवरण अुनुसार आर्थिक वर्ष २०७०/०७१ मा ३  सय ६१ थान मुद्धा दर्ता भएका थिए । २०७१÷०७२ मा ३ सय ८४ थान परेका थिए भने यस आर्थिक वर्षमा बढेर ४ सय ९ थान पुगेका छन् ।


विगतका वर्षहरुको तुलनामा मुद्धा पर्छयौटमा हुने ढिला सुस्ती र झण्झटीलो पनि हड्दै गएको पाईएको छ । यस आर्थिक वर्षमा अघिल्लो वर्षबाट जिम्मेवारी सारिएका ८७ थान, नयाँ ३ सय २२ थान सहित कुल ४ सय ९ थान मध्ये ३ सय १३ थान अर्थात कुल मुद्धाको ७२.५२ प्रतिशत मुद्धा फर्छयौट भई सकेको जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले जनाकारी दिए  ।


९६ थानमा मात्र पर्छयौट गर्न बाँकी रहेको जानकारी दिदै उहाँले ति  पनि जति सक्दो छिटो पर्छयौट गरिने बताउनु भयो ।  पर्छयौट मुद्धा मध्ये १ बर्ष नाघेका मुद्धा न्युन रहेको, ६ महिना देखि १ वर्ष  भित्रको २३ थान पर्छयौट गरिएको र अन्य ७३ थान मुद्धा ६ महिना भित्रमै पर्छयौट गरिएको जानकारी उहाँले दिनु भयो ।  पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले मुद्धाहरुका सम्वन्धमा राखेका जिज्ञाषा जिल्ला न्यायधिष कोईरालाले मेटाएका थिए ।


श्रेस्तेदार श्याम विहारी मौर्य भन्छन् –‘सामन्य प्रकृतिका मुद्धाहरु समेत बढ्दै जानुले अदालत प्रति जनआश्था बढेको अपेक्षा गरेका छौ र त्यो अपेक्षा पुरा गर्नका लागि आदालतले घर दैलो कार्यक्रम समेत गर्दै हिडेको छा । ’   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य