२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण मागः प्रकाशनमा रोक छैन

२०७६, १९ चैत्र बुधबार ०२:५३

चैत १९, काठमाडौँ । प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा  पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोधेको छ । अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३, (पहिलो संशोधन २०७४) बमोजिम दर्ता÷सूचीकरण नभएका १७  वेबपोर्टलले अफवाह फैलाउने किसिमको सामग्री निरन्तर सम्प्रेषण गरेको गुनासो र  उजुरी आउनाका साथै स्वअनुगमनबाट समेत सोको पुष्टि भएको जनाउँदै काउन्सिसले त्यस्ता वेबपोर्टललाई मात्र नेपालभित्र प्रकाशन÷प्रसारण हुन नसक्ने व्यवस्था मिलाइएको बताएको छ । 

कोरोना भाइरस सङ्क्रमणसम्बन्धी समाचार प्रकाशनप्रसारण गरेकै भरमा केही अनलाइन सञ्चारमाध्यमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी बन्द गराएको भन्ने  प्रचारबाजीप्रति काउन्सिलले खण्डन गर्दै अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्दे्शिका,२०७३ को दफा ३,उपदफा (४) मा “दर्ता नभई अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न पाइनेछैन “ भन्ने उल्लेख गरेको छ । त्यसैगरी दफा १० को (क) मा नेपालको संविधान र प्रचलित कानूनबमोजिम प्रकाशन वा प्रसारण गर्न नहुने सामग्री र (ख) मा पत्रकार आचारसंहिता विपरीत सामग्री प्रकाशनप्रसारण गर्न पाइने छैन भनिएको छ । त्यस्तै दफा १८ मा–दफा १० को विपरीत प्रकाशित वा प्रसारित सामग्री नेपालभित्र प्रकाशन वा प्रसारण हुन नसक्ने व्यवस्थाका लागि काउन्सिलले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ र सोबमोजिम काउन्सिलबाट लेखिआएमा सम्बन्धित निकायले त्यस्तो सामाग्रीलाई नेपालभित्र प्रकाशन वा प्रसारण हुन नसक्ने गरी आवश्यक व्यवस्था गर्नुपर्नेछ ।” भन्ने व्यवस्था  छ । 

नेपाल पत्रकार महासंघसमेतको परामर्शमा जारी पत्रकार आचारसंहिता २०७३(पहिलो सम्शोधन ०७६) को दफा ५(१४) मा “पत्रकार तथा सञ्चार माध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसङ्ग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोहीकसैका बारेमा पनि सम्प्रेषण गर्न हुँदैन” भन्ने प्रावधान छ ।

नेपालमा दर्ता वा सूचीकृत भएका दुई हजार १७९  अनलाइनको प्रकाशनमा कुनै पनि किसिमको रोक नलगाइएको जनाउँदै काउन्सिलले पटकपटक पत्रकार आचारसंहिता पालनामा सचेत रहन, दर्ता एवं सूचीकरण नभएकाहरुको हकमा नियमानुसार दर्ता एवं सूचीकरणमा आउनसमेत आह्वान गरेको छ ।

सबै अनलाइन सञ्चारमाध्यमलाई बन्द गरिएको भन्ने भ्रम सिर्जना गर्न खोजिएको बताउँदै काउन्सिलले हल्लाको पछि नलाग्न  र आमसञ्चारमाध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित हुँदै थप जिम्मेवारीका साथ तथ्यपरक र  उत्साहवद्र्धक सामग्री सूचना सम्प्रेषणमा जुट्न पत्रकारलाई पुनःआग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन