२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थोकमा घट्यो, खुद्रामा चार गुनाभन्दा बढी महँगो तरकारी

२०७६, २० चैत्र बिहीबार ०२:५३

चैत २०, काठमाडौं । कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो साताको तुलनामा यो साता तरकारीको भाउ ५० प्रतिशतसम्म घटेको छ ।

समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा तरकारी नियमित आइरहेकाले अघिल्लो साताको तुलनामा यो साता तरकारीको थोक मूल्य घटेको जानकारी दिए । समितिका अनुसार बुधबार प्रतिकेजी गोलभेँडा ३८, बन्दा ३३, काउली स्थानीय २२, घिउसिमी २२, सेतो मुला १९ रुपियाँ थोकमा कारोबार भइरहेको छ तर खुद्रा बजारमा यी तरकारीको भाउ चार गुनाभन्दा बढी महँगो छ ।

बजार अनुगमन नहुँदा खुद्रामा तरकारी भाउ मनपरी भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा सरकारको उपस्थिति नहुँदा तरकारीमा मात्रै नभई अन्य खाद्यान्नमा समेत व्यापारीले उपभोक्तामाथि लुट मच्चाएको आरोप लगाए । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन