२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटालीमा थप २१ दिन लकडाउन

२०७६, २९ चैत्र शनिबार ०२:२१

 चैत २९, काठमाडौं । इटालीमा लकडाउनको समय मे ३ सम्मका लागि लम्ब्याइएको छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् ।

इटालीमा मार्च ९ मा पहिलोपटक मुलुकमा लकडाउनको घोषणा गरिएको थियो ।

यो लकडाउन अप्रिल ३ सम्मका लागि घोषणा गरिएको थियो । पछि यो लकडाउनको समय १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो अझै पनि इटालीमा कोरोना भाइरस (कोभिड–१९) को महामारी नरोकिएको कारण यसलाई थप २१ दिन बढाएर मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको हो ।

बीबीसीका अनुसार इटालीमा लकडाउनले संक्रमित र मृत्यु हुनेको संख्यामा पनि असर देखिन थालेको छ ।  इटालीमा शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ७० जना मानिसको भाइरसको कारण मृत्यु भएको थियो ।

यो पछिल्लो एक सातायताकै कम हो । तर, इटाली विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म यो मुलुकमा १८ हजार आठ सय ४९ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन