२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकी प्रदेशमा नदीमा हामफालेर एक महिलाको मृत्यु, एकजना डुबेर बेपत्ता

२०७६, २९ चैत्र शनिबार ०२:३१

चैत २९, पोखरा । गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आउनुभएका ३५ वर्षीया देवकी थापामगर रहेका छन् । पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हामफालेर थापामगरको मृत्यु भएको छ । उहाँको शव १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । 

त्यसैगरी पोखरा महानगरपालिका–१ बगरस्थित सेतीनदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । पोखरा–१६ दीप बस्ने करिब २४ वर्षीय अमृत मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । त्यस्तै पोखरा महानगरपालिका–५ मालेपाटन गोलचौतारास्थित पानीको नहरमा नवजात शिशु मृतावस्थामा फेला परेको हो ।

जङ्गलमा लागेको आगोमा परी चार घाइते

लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–३ केराबारी सामुदायिक वनमा लागेको आगोमा जलेर चार जना घाइते भएका छन् । सो जङ्गलको बाटो भई भोटेओडारतर्पm जाने क्रममा आगोमा परी दूधपोरी गाउँपालिका–६ ओखरेगाउँका १७ वर्षीया पूजा गुरुङ, २८ वर्षीया हरिमाया गुरुङ, १० वर्षीया रश्मी गुरुङ र पाँच वर्षीया अस्मी गुरुङ घाइते हुनुभएका छन् । प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार हातखुट्टा आगोले पोलेर घाइते भएका सबैको सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

गोरु काटेको अभियोगमा दुई पक्राउ

पोखरा महानगरपालिका–३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई गोरुको मासु र पुछारसहित पक्राउ गरेको हो । 

ती सबै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन