२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा स्थानीय तहमै पुगेर कोरोना जाँच

२९ चैत्र २०७६, शनिबार ११:१७

रामबहादुर थापा, चैत २९, बागलुङ । स्थानीय तहमै कोभिड–१९को दु्रत जाँच (¥यापिड टेष्ट) भइरहेको छ । अगामी सोमबारसम्ममा जिल्लाका दशवटै स्थानीय तहका शङ्कास्पद ९७१ जनामा कोरोनाको दु्रत जाँच गरिनेछ । 

सङ्क्रमितसँग  सम्पर्क भएका र विदेशबाट आएका सबैमा कोरोना जाँच गरिने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । दु्रत जाँचका लागि जिल्लाभर स्वास्थ्य प्राविधिक खटिएका छन् । 

शुक्रबार ९४ जनामा जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जनाइए पनि त्यसको विस्तृत जानकारी स्वास्थ्य मन्त्रालयले गराउनेछ । तीमध्ये बागलुङ नगरपालिकाका २८ जना, बडिगाड गाउँपालिकाका ५९ र तमानखोला गाउँपालिकाका सातजनामा कोरोना जाँच गरिएको थियो ।

कार्यालय प्रमुख सुरज गुरौका अनुसार बागलुङ नगरपालिकामा कुल १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोरोना जाँच गरिनेछ ।

“¥यापिड टेष्टका लागि जिल्लाभर स्वास्थ्यकर्मीको चार टोली परिचालित छ”, उहाँले भन्नुभयो, “स्थानीय तहसँगको समन्वयमा जाँचको काम भइरहेको छ ।” स्थानीय तहले निर्माण गरेका ‘क्वारेनटाइन’ स्थलमा बोलाएर शङ्कास्पद व्यक्तिमा कोरोना जाँच्ने गरिएको छ ।

ढोरपाटन, बडिगाड, तमानखोला र निसीखोलामा शुक्रबारदेखि शुरु भएको दु्रत जाँच शनिबार सकिँदैछ । बागलुङ, काठेखोला, गलकोट, जैमिनी र ताराखोलामा आइतबारसम्ममा शङ्कास्पद सबैको जाँच गरिनेछ । बरेङमा आइतबार र सोमबार जाँच हुने भएको छ ।

किटको प्रयोग गरेर गरिने ¥यापिड टेष्टको रिपोर्ट १५ मिनेटमै आउने गरेको छ । पोजेटिभ रिपोर्ट आएमा पुनः स्वाबसमेत सङ्कलन गरेर थप पुष्टिका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइनेछ ।

यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहीबार बागलुङका स्वास्थ्य प्राविधिकलाई ¥यापिड टेष्टसम्बन्धी प्रयोगात्मक अभिमुखीकरण प्रदान गरेको थियो ।

सरकारले दुईजना सङ्क्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी ¥यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसबाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती र वडा नं. ३ की ६५ वर्षीया महिला अहिले धवलागिरि अञ्चल अस्पतालमा उपचाररत हुनुहुन्छ ।

दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । युवतीमा यही चैत १५ गते र महिलामा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको विमानबाट चैत ४ गते नेपाल आएका थिए ।

यसैबीच, ६५ वर्षीया महिलामा गरिएको कोरोनाको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि १९ वर्षीया युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको थियो । 

लगातार दुई पटक कोरानाको नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामीलाई अस्पतालबाट घर पठाइने चिकित्सकले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य